शुशिल कोईरालाको देहान्त पछि कांग्रेस भित्र अन्यौल धेरै देखिए सभापतिको आकांक्षी ।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७२, शुक्रबार १०:२८

कर्णमान्छे जन्मिए पछि मर्नु पर्छ यो सास्वत सत्य हो तर कसको मरणले कहाँ कति क्षति पुग्यो भन्ने कुरा ठूलो र गहन बिषय हो।पृथ्वीको ईकोशिष्टमले पनि यहि नै भन्छ।स्वर्गीय शुशिल कोईरालाको अबसानले नेपाली कांग्रेस पार्टीलाई मात्र नभई सिङ्गो राष्ट्र नेपाललाई नै अतुल्नीय क्षति पुगेको छ।स्वर्गीय शुशिल कोईरालाले नेपालको राजनिति पृष्ठ भूमिमा ६ दशक लामो योगदान दिएर राष्ट्रलाई के दिए र उहाँले के लिनु भयो भन्ने बारे जो नेपालको राजनितिमा म जनताको नेता हुँ भनेर हिड्नु हुँने सम्पूर्ण नेता ज्यूहरूलाई ध्यानाकर्षण हुन जरूरी छ।सबै राजनिति गर्ने नेताहरूले राजनिति के र कसका लागि हो भनेर बुझ्न जरूरी पनि छ। बिश्व समुदाय माझ विश्व कै सबै भन्दा गरिव प्रधान मन्त्री जो संग सम्पतिको नाममा तीन वटा मोबाईल सेट त्यो पनि अरूबाट उपहार पाएका थिए।नेपालको राजनितिमा प्रवेश गरे पछि भएको सम्पति पनि राजनितिमा विलय गराएका थिए।आजकल राजनिति गर्नेहरू कमाउन तिर जोड दिन्छन भने उहाँ भने जोड्नु भन्दा पनि भएको पनि सबै देश र जनताका लागि समर्पित गर्नु भयो।अरूले उपल्ब्ध गराएको घरमा नै जीवनको इहलिला समाप्ति भयो।राजनिति भन्दा भन्दै यौवन मौलाएको पनि पत्तै पाएनन्।आफ्नो जीवनको सबै काल खण्ड नेपालको राजनितिलाई नै समर्पित गरे तर अन्त्यमा यो पञ्च तत्वबाट निर्मित मानव शरिर त्यागे पछि करोडौ नेपाली जनताको माया र सदभाव र लाखौ लाख नेपाली जनता मलामी पाउनुका साथै नेपाली राजनितिको ईतिहासमा संबिधानका पिता,नेपालको ३७ औ प्रधानमन्त्री,निष्ठाबान,त्यागी साथै सादगी नेता भनि सघै भरी अमिट र अमर बनाई इतिहासका पानामा राख्न सफल हुनु भयो। नेपाली कांग्रेस पार्टी भित्र अब इतिहासले कोल्टो फेर्ने अबस्थामा छ।१३औं महाधिवेशनको पूर्व सन्ध्यामा पार्टी सभापति शुशिल कोईरालाको असामयिक निधनले एकदमै अभाव खड्किएको छ।जसरी पनि महाधिवेशन गर्नु पर्ने अबस्थामा छ किनकी कानुनी प्रकृयाबाट पनि तोकिएको मितिमा नै हुनु जरूरी देखिन्छ।त्यसैले यस्तो जटिल र बिषम परिस्थितिमा नेपाली कांग्रेस पार्टीले गम्भिर भएर सोच्न जरूरी छ।कार्यकर्ताहरूको मनोबललाई उच्च राख्दै अगाडी बढ्दै पार्टीको सुनौलो भविष्यलाई परिकल्पना गरेर पार्टीलाई अगाडी बढाउन सक्ने माहौल बनाउने खाले नेतृत्व चयन हुन जरूरी छ।महान नेताहरू वीपी कोईराला,सुवर्ण शम्शेर ,गणेशमान,कृष्ण प्रसाद भट्टराई ,गिरिजा प्रसाद कोईराला र शुशिल कोईरालाले नेपाली कांग्रेस पार्टीलाई स्थापना काल देखि आजको दिन सम्म ल्याउनका लागि दिनु भएको योगदानलाई कांग्रेस पार्टी र पार्टी आबद्ध कार्यकर्ताहरूले कदापी भुल्नु हुदैन। वीपी कोईरालाको राष्ट्रियता,प्रजातन्त्र र समाजबाद अहिले परिमार्जित भएर राष्ट्रियता,लोकतन्त्र र समाजबाद साथै मेलमिलापको निति,गिरिजा बाबुको सहमति र सहकार्य साथै शुशिल कोईरालाको माहान बाणी तपाईहरू व्यक्तिको मान्छे नबन्नुहोस्, कांग्रेसको मान्छे बन्नुहोस्,कांग्रेसको मान्छे बन्यो भने लोकतन्त्र पनि बलियो हुन्छ,देश पनि बलियो हुन्छ भन्ने कुरालाई नेपाली कांग्रेसका नेता कार्यकर्ताले मनन गर्न जरूरी छ।नेपाली कांग्रेसका हस्तिहरू विलय हुँदा पार्टी भित्र अभाब त खड्किएकै छ तर पनि शोकलाई शक्तिमा बदलेर पार्टी अगाडी बढ्नु पर्दछ।पार्टीको भबिष्यलाई काधमा बोक्ने जिम्मेवारी दुई शीर्ष नेता शेर बहादुर देउवा र रामचन्द्र पौडेलको हो।अब पार्टी कुन र कस्तो हालतमा लैजाने भन्ने बारे प्रमुख भुमिका निवारण गर्न जरूरी छ। कांग्रेसका कार्यकर्ताहरू अब जसले कार्यकर्ताको भावनालाई कदर गर्न सक्ने र पार्टीलाई सहि दिशा निर्देश दिएर अगाडी बढाउन सक्ने अभिभावकको खोजीमा छन् पक्कै पनि १३औं महाधिबेशनले पुरा गर्ने छ।पार्टी भित्र गुट उपगुटको अन्त्य हुने माहौल सृजना गर्न जरूरी छ।यो संस्थापन त्यो देउवा पक्ष भनेर पार्टी भित्र बिबाद सृजना गर्ने माहौल बनाउनु हुदैन सबै कार्यकर्ता एकै हुन बिचार एउटै हुन सबै नेपाली कांग्रेसको चारतारे झण्डा मुनि आश्रृत छौ भन्ने कुरा भुल्नु हुदैन।नेपाली कांग्रेसका केन्द्रिय नेताहरूले अब गम्भिर भएर पार्टीका हितका लागि सोच्ने बेला भएको छ पार्टी अभिभावक बिहिन भएको छ यस दुखद घडीमा शोकलाई शक्तिमा रूपान्तरण गर्दै एकजुट भएर अगाडी बढ्नु पर्दछ।पक्कै पनि स्वर्गीय शुशिल कोईरालाको अवशानले पार्टी भित्र अन्यौल छाएको छ तर यसलाई लामो समय सम्म अन्यौलमा नरूमलिईकन पार्टीलाई अगाडी बढाउनु पर्दछ। जय नेपाल। संस्थापक सचिव कर्ण बहादुर अधिकारी नेपाली जनसम्पर्क समिति मकाउ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१