देश हँसाएको भन्दै धुर्मुस सुन्तलीले गरे राष्ट्रिय फुटबल टोलीलाई यस्तो सम्मान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७२, शुक्रबार ०८:५७

kheladiकाठमाडौँ ।  २३ वर्ष पछि इतिहास रच्दै सागको उपाधि जित्न सफल भएर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीलाइ धुर्मुस सुन्तली फाउण्डेसनले नगदसहित सम्मान गरेको छ । खेलाडीले सारा नेपालीलाई गौरवान्वित तुल्याएको खुशियालीमा फाउण्डेशनले २ लाख रुपैँया नगदसहित कदरपत्रले टोलीलाई सम्मान गरेका हो । भारत विरुद्धको फाइनल खेलमा विजय हाँसील गरेर हिजो मात्र स्वदेश फर्किएका खेलाडीहरुलाई हाँस्य कलाकार धुर्मुस सुन्तलीले पुरानो बानेश्वरस्थीत आफ्नै कार्यालयमा सम्मान गरेका हुन् । ओरालो लागेको नेपाली फुटबल साग उपाधी जितेसँगै नवयूगमा प्रवेश गरेकाले खेलाडीलाई थप हौसला दिनका लागि सम्मान गरीएको धुर्मुस सुन्तलीले बताएका छन् । खेलाडी सम्मानका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई फिनल्याण्ड स्थित नेपालीहरुको संस्था नेपाली इन ताम्पेरे, फिनल्याण्डले सहयोग गरेको हो । हाँस्य कलाकारहरुले गरेको सम्मानले आफुहरुलाई निकै उत्साह थपीएको राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठ र विकेश कुथुले प्रतिक्रिया दिएका छन् । नेपाली फुटबल टोलीले राष्ट्रियता बढाउनुका साथै एकताको सन्देश पनि प्रवाह गरेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । सबै एकजुट भएमा मात्र देशको राष्ट्रियता खेलाडीहरुले सबैलाई सिकाएकाले उनीहरुलाई सम्मान गर्न लालयित भएको उनको भनाई छ । यस्तै, फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले २३ वर्षदेखि रच्न नसकिएको इतिहास रच्ने खेलाडीलाई सम्मान गर्न पाउँदा निकै खुशि लागेको बताएकी छिन् । सानो र सुन्दर देश नेपाललाई विश्वमाझ चिनाउन खेलाडीको ठूलो हात हुने भन्दै उनले यसको लागि खेलाडीलाई हौसला र आर्कषण वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएकी छिन् । सम्मान कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडीहरुको व्यस्तताका बाबजुद साग खेलमा ह्याट्रिक गरेर लोकप्रीयता कमाएका नवयूग श्रेष्ठ र गोलकिपर विकेश कुथु उपस्थित थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१