केपी अाेलीकाे भारत भ्रमणकाे कुनै ठाेस एजेन्डा छैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ फाल्गुन २०७२, शुक्रबार ०७:३०

damodharदामोदर अधिकारी ।  भारतीय प्राथमिकता चीनसंगका संझाैता राेक्ने र जलश्राेत कब्जा गर्ने सरकारकाे प्राथमिकता तेल र ग्याँसकाे सहज अापूर्तिमा चित्त बुझाउने केपी अाेलीकाे भारत भ्रमणकाे भारत भ्रमणमा संबन्ध सुधारकाे अमूर्त कुरा बाहेक कुनै ठाेस एजेन्डाकाे तयारी भएकाे देखिंदैन। भारतसंगका दर्जनाैं समस्याहरूलार्इ यथावत रहन दिएर नाकाबन्दीपछिकाे संबन्धलार्इ सामान्यीकरण गर्ने प्रश्नलार्इ एमालेहरूले बढार्इ चढार्इ प्रचार गरिरहेकाे हुँदा तेल र ग्याँसकाे सहज अापूर्तिलार्इ नै सरकारले भ्रमणकाे अधिकतम् लक्ष बनाएकाे देखिन्छ। कर्मचारीतन्त्र, दलहरू र कतिपय मन्त्रीहरूबाट भ्रमणकाे उद्देश्यका बारेमा अार्इरहेका विराेधाषपूर्ण बयानहरूले भ्रमणलार्इ अरू संदिग्ध बनाउँदै लगेकाे छ। तेल र ग्याँसकाे अापूर्तिका लागि केपीले भारतीय कंपनीहरूले अाेगटेर म्याद गुज्रेेका जलश्राेत संबन्धि संझाैताहरूलार्इ नवीकरण गर्ने संभावना प्रबल देखिन थालेकाे छ। सुरक्षा, सुपुर्दगी सन्धिमा संझाैताका बारेमा वार्ता हुने वातावरण नभएमा भारतकाे मूख्य तयारी भने जलश्राेत कब्जा गर्ने र केपीकाे चीन भ्रमणका बेला त्यससंग नेपालकाे कुनै महत्वपूर्ण दीर्घकालिन संझाैता हुन नदिने वातावरण बनाउने प्रश्नमा केन्द्रीत रहने देखिन्छ। चीनसंगका संझाैताहरू, विषेषगरी तेल र ग्याँसमा, राेक्न सकेकाे खण्डमा भारत पूर्ण रूपमा विजयी हुने र नेपालमाथिकाे लगाम जारी रहने निष्कर्षमा भारतीयहरू पुगेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१