साल्टट्रेडिङको बेवास्ताले अखाद्य नुनको प्रयोग बढ्दो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७२, बिहीबार १४:३८

 कञ्चनपुर।चोरी पैठारीको अखाद्य नुन नियन्त्रणमा साल्टट्रेडिङ कर्पोरेसनले बेवास्ता गरेपछि जिल्लाको दक्षिणी भेगमा अखाद्य नुनको प्रयोग बढेको छ। salt

आयोडिनयुक्त नुनको प्रचारप्रसार र बिक्री वितरणको जिम्मा पाएको साल्टटेड्रिङ कर्पोरेसनले नियन्त्रणको पहल नथाल्दा यहाँ चोरी पैठारीको अखाद्य नुनको बिक्री बढेको हो। बेल्डाँडी, झिलमिला, कलकत्ता, बेलौरी र पुनर्वासका बजार तथा ग्रामीण पसलमा श्रीराम, बाबर्ची, कुक, रानी ब्रान्डका आयोडिनरहित भारतीय नुनको प्रयोग बढेको हो।
नियमनकारी निकायले आयोडिनयुक्त नुनको जनचेतना अभिवृद्धि गर्न र नियन्त्रणको पहल नगर्दा यहाँका जनता आयोडिनयुक्त नुनको प्रयोगबाट वञ्चित हुनु परेको उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष तीर्थ जोशी बताए।
जिल्लाको दक्षिणी भेगमा भइरहेको चोरी पैठारी रोक्न नसकिएको साल्टटेड्रिङ कर्पोरेसनका प्रमुख नगेन्द्र थापाको भनाइ छ। सो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउन नसक्दा आयो नुनको खपत घटेको उनले बताए। रासस 

प्रतिक्रिया