पर्यटन व्यवसायमा अघोषित संकटकाल : सिएन पाण्डे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७२, बिहीबार ११:५०

२५ वर्षअघि पोखरामा पढ्दै गर्दा पर्यटकहरुको बाक्लो चहलपहल देखेर पर्यटन व्यवसायमा लागेका सिएन पाण्डे पर्यटन व्यवसायीहरुको संगठन नेपाल यशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्सका बरिष्ठ उपाध्यक्षसमेत हुन् । २५ वर्षको यात्रासम्म आरोह–अवरोहका बाबजुत नधर्मराएको पर्यटन व्यवसाय नाकाबन्दिपछि धरासायी भएको उनी बताउँछन् । प्रस्तुत छ राष्ट्रिय खबरका लागि नाट्टाका बरिष्ठ उपाध्यक्ष पाण्डेसंग नवराज कुँवरले गरेको कुराकानीको अंश ।12714460_975051705904307_1868938493_n

  • २५ वर्षदेखि पर्यटन व्यवसायमा संलग्न व्यवसायी र नाट्टाका बरिष्ठ उपाध्यक्ष पाण्डे भन्छन्–
    – विदेशी आउन नमानेपछि कसरी हुन्छ पर्यटन विकास ?
    – नाकाबन्दिले १० वर्षसम्मको लागि पर्यटन व्यवसायलाई थला पारिदियो
    – राजनीतिक हस्तक्षेपको विउ छरिएको छ

पर्यटन व्यवसायमाथीको नाकाबन्दि ”डेड लक”
शसस्त्र आन्दोलनको समाप्तीपछि पर्यटन व्यवसाय आफ्नै गतिमा अगाडी बढ्यो । देशको तत्कालीन संकट समाधानपछि अब आसाका किरणहरु देखा परे र धेरै पर्यटन व्यवसायि पनि थपिए र आसा गरिएजस्तै सकारात्मक उपलब्धिहरु पनि देखिए । केही महिनाअघि विनाशकारी भूकम्प गयो, त्यसपछि पनि ३÷४ महिनामा पर्यटन व्यवसाय रिकभरिको अवस्थामा थियो । यद्यपी भूकम्पपछि रिभायवल टुरिजमलाई कसरी रिभायल्व गर्ने भन्ने योजना बनाउँदा नबनाउँदै भारतीय नाकाबन्दि र तराई आन्दोलन उत्कर्शमा पुग्यो । जसका कारण हाम्रो गन्तव्य एकदमै असुरक्षित भयो । पर्यटन व्यवसायिहरु घाटामात्र गए, यो मूल कुरा भएन तर विदेशीहरुले रोजेर आउने सुन्दर देश नेपालको यात्रा रोक्नुपर्यो । आफ्नो टुर फिक्स गरेका पर्यटकहरु पनि आएनन् बरु उनीहरुले हामीलाई सम्झाउँदै भन्न थाले ‘तिमिहरुलाई सप्लायर्सको समस्या त छ नै तर हामी आउँदा थप समस्या हुन सक्छ, अहिले त्यहाँ इन्धन पाइदैन गन्तव्य पनि असुरक्षित छ ।’ पर्यटकहरुको चाहाना पनि आफु गईसकेपछि त्यहाँका स्थानीय बासिन्दाहरु पिडामा नहोउन् । उनीहरु खुशी रहेको अवस्थामा भ्रमण गर्न पाइयोस् र यो बेलामा हामी नेपाल भ्रमण गर्नु भनेको उनीहरुलाई असहयोग गर्नु हो भन्ने दृश्टिकोण हामीले उनीहरुबाट बुझ्यौँ । नाकाबन्दिको समयमा हामीले यतिसम्म गर्यौ कि पोखरा जाने पर्यटकलाई बिहान सात बजेदेखि स्टेशनमा राखेर दिनभरि तेलको लाइनमा बसेर साँझ गन्तव्यमा पुर्याइदियौँ । के यसले राम्रो सन्देश दियो त ? तर अहिले नाकाबन्दि खुल्यो भनेर जो प्रचार भइरहेको छ तर पनि हामीले फास्ट ट्रयाकबाट बिना लाईन इन्धन पाइरहेको अबस्था छैन । यसको मतलव आजको दिनसम्म पनि पर्यटन व्यवसायको धरासायिता सुधारतिर जान सकेको छैन । जसको कारण हामीले आएका पर्यटकहरुलाई सेवा दिन सक्ने अवस्था पनि सृजना भईसकेको छैन, होटलहरुले खाद्यान्न र अन्य परिकारहरु जो बनाउने हो त्यसमा पनि समस्या नै छ । यो हामी पर्यटन व्यवसायिको घाटाको कुरामात्र हैन । यो त राष्ट्रको अर्थतन्त्रलाई परिरहेको नकारात्मक असर हो । अन्तर्राष्ट्रिय जगतमा नेपाली समस्या अहिलेसम्म हल नभएको भन्ने अफवाह सन्देश हो ।

‘भूकम्पपछि पर्यटक बढ्थे, नाकाबन्दिका कारण आएनन् पर्यटक’
बैशाख १२ र २९को बिनाशकारी भूकम्पले हामी सबैलाई दुखि बनायो । तर नहुनु भईसकेको थियो । अब हामी भग्नावशेष संरचना पुर्ननिर्माणमा लाग्नुपर्ने बेला थियो । त्यो अबस्थामा नेपाली समस्यामा मलम लगाउन र नेपालको विशेष भ्रमण गर्न ठूलो संख्यामा पर्यटक आउने संभावना थियो । तर नाकाबन्दिका कारण ती सम्भावनाहरु तुहिए । ती पर्यटक आउन पाएका हुन्थे भने पुर्ननिर्माणमा पनि केही सहयोग अवस्य हुन्थ्यो ।

‘नाकाबन्दिले पर्यटन व्यवसायलाई १० वर्ष पछि धकेलिदिएको छ’
आजभन्दा २५ वर्षअघि मैले पोखरामा पढ्दै गर्दा पर्यटन व्यवसायमा लाग्ने सोच बनाएँ । पारिवारीक पृष्ठभूमि पर्यटन व्यवसायी नभएको अवस्थामा पनि मैले त्यतिबेलाको अवस्था अनुकुल देखेँ र पर्यटन व्यवसाय सुरु गरेँ । त्यतिबेलाको दशक राम्रो थियो । दोश्रो दशक शसस्त्र द्धन्द्धका कारण प्रतिकुल बन्न पुग्यो तर तत्कालीन विद्रोही माओबादी शान्ती सम्झौतामा आइसकेपछि पर्यटन व्यवसाय रिकभरिको चरणमा प्रवेश ग¥यो र यसले एक किसिमको पिक अप लिइसकेको अवस्था थियो । तर संविधान जारीपछि भारतले लगाएको नाकाबन्दि र मधेसीको आन्दोलनले गर्दा अब पहिलाको स्टेजमा आउन १० वर्ष अरु संघर्ष गर्नुपर्ने अवस्था आएको छ । अब त व्यवसायिहरुपनि अघि बढ्ने कि रोकिने भन्ने दोधारमा आइपुगेको हामीले पाएका छौँ । २५ वर्षपछि आज म यो व्यवसाय दयनिय हुँदै गएको देख्दैछु ।

‘विश्वकै सुन्दर गन्तव्यका रुपमा नेपाल सुचिकृत भयो, फाइदा शून्य’
संसारभरिका भ्रमणका लागि उपयुक्त देशहरुको सुचिमा नेपाल एक नम्बरमा सुचिकृत भयो जो हामी नेपालीको लागि गौरवको कुरा थियो । तर हामीले त्यसको फाइदा खोई पायौँ त ? हाम्रो देश एक नम्बरको भ्रमणलायक देश भएपनि त्यसबाट हामीले फाइदा लिन सक्यौँ त ? देशको राजनीतिक अस्थिरता र आन्तरीक कलहका कारण हामीले त्यसको फाइदा समेत लिन सकेनौँ जो अत्यन्तै दुखदायी छ ।

‘पर्यटन निति व्यवसायमुखि भएन’
हाम्रो पनि केही कमीकमजोरी होला । त्यसमा बसेर बहस गर्न सकिन्छ । तर पनि नेपालको पर्यटन निति व्यवसायमुखि छैन । हरेक सरकारको अस्थिरताको कारण पर्यटन निति अस्पष्ट र अव्यवसायिक रहँदै आएको छ । हामी व्यवसायिको क्षेत्रबाट के भन्न चाहान्छौ भने पहिलो कुरा सरकार स्थिर हुनुपर्यो । दोश्रो कुरा राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्न राजनैतिक एकता र सरकारी प्रतिवद्धताको खाँचो छ । राजनैतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति गर्छौ भन्ने नेताहरुहरु आर्थिक पाटोसंग जोडिएका क्षेत्र र विषयहरुलाई उचित संबोधन गर्नुपर्छ ।

‘पर्यटन व्यवसायमा राजनीतिक बिउ छरियो’

12746413_975051805904297_1918232366_n (1)

हामीले सोचेभन्दा अलि बढि राजनीतिक हस्तक्षेप भएको छ । पर्यटन व्यवसाय एउटा पृथक व्यवसाय हो । हामी विदेशीसंग दिनदिनै कारोबार गछौँ । त्यो आधारमा हाम्रा सोच र विचारहरु अन्तर्राष्ट्रिय स्तरको हुनु जरुरी छ । तर पछिल्लो समय वास्तविक व्यवसायिलाई अन्यायमा पार्ने गरि केही नवराजनीतिक झुण्डहरु यो क्षेत्रमा पनि देखिका छन् भन्ने कुरा व्यवसायीहरुले नै महशुस गरेको कुरा हो । राजनीति देश चलाउन आवश्यक र महत्वपूर्ण अस्त्र हो तर हामी व्यवसायीहरुमाझ धू्रविकरण गराउने उद्धेश्यले केही फर्जी व्यवसायी लागेको हामीले महशुस गरेका छौँ । यसले व्यवसायीलाई त असर पार्छनै पर्यटन क्षेत्रमा समेत नकारात्मक प्रभाव पार्ने छ । तर हामी सचेत छौँ । सकेसम्म यसको नकारात्मक प्रभाव पार्न हामी नदिने प्रयास गर्नेछौँ ।
‘नाट्टाभित्र राजनीति प्रवेश गर्न दिदैनौँ’
म दाबीका साथ भन्छु नाटाभित्र राजनीति छैन । आस्था र विचार आ–आफ्ना हुन्छन् तर संस्थागत रुपमा हामी स्वतन्त्र पर्यटन व्यवसायीहरुको हक र हीतका पक्षमा उभिने संस्थाका पदाधिकारी हौ । यसमा राजनीति छैन पनि र राजनीतिलाई प्रवेश गर्न पनि दिदैनौँ ।

‘पर्यटन वढावाका लागि यसो गर्न’
उत्तरमा चीन र दक्षिणमा भारतजस्ता ठूला देशको विचमा छौँ हामी । ती देशहरु विश्वकै बढि जनसंख्या भएका देशहरु हुन् । त्यहाँका पर्यटकहरु नेपाल ल्याउन सक्ने हो भने हामीलाई पर्यटक घुमाउन कुनै समस्या पनि छैन । तर हामीसंग स्रोत छ चाहियो नि । पर्यटक हिँडेर त आउँदैनन् । पर्यटक आउनका लागि हामीसंग भौतिक संरचनाहरु चाहियो । पहिलो कुरा बोडरहरुमा सुरक्षित पर्यटन मार्गहरुको एक्सिस हुनुपर्छ । दाश्रो कुरा हामीसंग एभियसन पर्याप्त हुनुपर्यो । यदि नेपाल एयरलाइन्ससंग ५० वटा जहाज हुन्थ्यो भने संसारको उत्कृष्ट गन्त्व्यका रुपमा नेपाल छ नै तर ठूलो संख्यामा हामीले पर्यटक भित्र्याउन सक्थ्यौँ । त्यसैले पर्यटक बढाउन एभिएसनमा राज्यले लगानी गर्नुपर्छ । कम्तीमा २ देखि ३ वटासम्म अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ ।
अरु देशले झैँ पर्यटकहरुको आतिथ्यका लागि स्वदेशमा उत्पादीत वस्तुहरुको सरकार र निति क्षेत्रको समन्वयमा बजारीकरण गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१