पर्यटनलाई छिमेकी मुलुक राेजाैँ- बङ्गलादेशका पर्यटन व्यवसायी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७२, बिहीबार १०:१५
tourisamकाठमाडौँ ।  बङ्गलादेशका पर्यटन व्यवसायीले नेपालको पर्यटन प्रवद्र्धनका लागि छिमेकी मुलुकलाई गन्तब्य बनाइनुपर्ने बताएका छन्।
विश्व पर्यटन बजारमा नेपाली पर्यटनको आकर्षण बढिरहेको सन्दर्भमा अव अन्य विकसित मुलुक नभइ छिमेकी मुलुकलाई नै प्राथमिकता दिनुपर्ने उनीहरुको धारणा छ। बङ्गलादेश फाउन्डेसन अफ टुरिजम डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजु इक्युरामले नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताजस्ता विशेषताले पर्यटन बजार विश्व बजारमा सम्भावना रहेको बताए।
“हामी आज पर्यटक भित्र्याउने भनेर युरोप र अमेरिकालाई मात्रै लक्षित गर्छौँ। तर आफ्नै छिमेकी मुलुकलाई हेर्दैनौ, छिमेकी देशबाट उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिन्छ,” उनल भने।
विश्वमा हल्ला भएजस्तो भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा कुनै असर नपरेको र यहाँको सुन्दरतामा अझै आयाम थपिएको बताउँदै कार्यकारी अधिकृत राजुले पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश र नेपालले आपसमा पुलको काम गर्नुपर्नेमा जोड दिए। बङ्गलादेश मिडिया लिमिटेडका सिइओ सयद इस्तिकी रेजा इकतरले नेपालको पर्यटकीय सम्भावनालाई मध्यनजर गरी प्रवद्र्धनात्मक कार्यका लागि दुई देशबीच समन्वयका साथ काम गर्न जरुरी भएको बताए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटनक्षेत्र पहिलाकै अवस्थामा पुगेको र पर्यटकको पर्खाइमा रहेको जानकारी दिए। नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) पर्यटनको क्षेत्रीय हब बन्ने दरिलो आधार खडा भएको उनको भनाइ छ।
बङ्गलादेशका पर्यटन व्यवसायी ‘टुर’ अप्रेटर र मिडियासहितको टोलीले केहि दिनअघि नेपालका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गरेको थियो। काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीको अवलोकन भ्रमण गरी उनीहरुले नेपाली पर्यटन निकायसँग अनुभव आदनप्रदान गरेका थिए। सहभागी अन्यले पनि भूकम्पबाट नेपालको पर्यटनको सुन्दरतामा कुनै असर नपरेको नाट्टाका अध्यक्ष मधुसूदन आचार्यले बताए ।
आयोजक अभिवादन होलिडेका सिइओ उमेश गुप्ताले नेपालको पर्यटन क्षेत्र पहिलाकै अवस्थामा रहेको र छिमेकी देश मात्र नभई विश्व बजारमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले बङ्गलादेशी टोलीलाई अवलोकन भ्रमण गराइएको जानकारी दिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१