फुजेलकी गंगामायालाई गंगालालमा सारियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७२, बुधबार १८:२८
गंगामायाकाठमाडौं । आफ्ना छोराको कारबाही माग गर्दै निरन्तर अनसनमा बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ अकस्मात विग्रिएपछि अहिले गंगालाल अस्पतालमा सारिएको छ।
वीर अस्पतालमा रहेकी उनको एकहप्ता देखि दायाँ खुट्टा सुनिएको थियो।
‘हिजो राती गंगामायाको स्वास्थअवस्था विग्रिएर गम्भीर मोडमा पुगेको थियो, हिजो वार्डबाट आईसियुमा राखियो,’ मानवअधिकाकर्मी तथा पत्रकार कनकमणी दीक्षितले भने। उनीले अधिकारीहरुको न्यायका लागि आवाज उठाउने अधिकारकर्मीमध्ये एक हुन्।
उनका अनुसार,थम्ब्रोसिसका कारण अधिकारीका खुट्टा सुनिएको डाक्टरहरुले बताएका छन्। रक्तनलीमा रगत जम्नुलाई थम्ब्रोसिस भनिन्छ। थम्ब्रोसिस उनको खुट्टाको माथिल्लो भागममा सरिसकेको छ। जमेको रगत रक्तनलीबाट सरेर मष्तिस्क, मुटु र फोक्सोमा पुग्यो भने व्यक्तmीको ज्यान समेत जान सक्ने खतरा हुन्छ।
दीक्षीतका अनुसार, गंगामायाको रक्तनलीको अवस्था हेर्ने प्रविधि र उपकरणहरु वीरमा नभएकाले गंगालाल अस्पतालमा सार्नुपरेको दिक्षीतले बताए।
‘उहाँको उपचारका लागि कार्डियो भास्कुलर विशेषज्ञको सुविधा रहेको अस्पतालमा लग्नु पर्ने थियो। वीरले गंगालाल रिफर ग¥यो। त्यहाँ बल्लबल्ल सार्न पाइयो।’ उनले भने,
उनको अवस्था सामान्य भएपछि वीर नै फर्काउने शर्तमा गंगालाल सारिएको हो। अहिले गंगामाया गंगालाल अस्पतालको एमआइसियुमा छिन्। उनका श्रीमान नन्दप्रसाद अधिकारीको छोराको हत्याराकारबाहीको माग गर्दै अनसनमा बसिरहेका बेला १७ महिना गरि मृत्युृ भएको छ।
२०६२ सालमा उनीहरुका छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश गरिसकेको छ। सेतोपाटी बाट

प्रतिक्रिया