इन्टरनेटको प्रयोगले वृद्धवृद्धामा निराशापन घटाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ असार २०७१, बिहीबार ०७:१७
इन्टरनेटको प्रयोगले वृद्धवृद्धामा निराशापनको समस्या घटाउन उल्लेख्य भूमिका खेल्ने एक अध्ययनले देखाएको छ ।
अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार इन्टरनेट प्रयोग गर्ने वृद्धवृद्धामा निराशापनको समस्या ३० प्रतिशतभन्दा बढीले कम हुने उल्लेख छ ।aaaaaaaaaaaaa_20140617
इन्टरनेटको प्रयोगबाट वृद्धवृद्धा आफन्त तथा साथीभाइको सम्पर्कमा रहिरहने, नयाँ सामाजिक संजालमा बाँधिन सक्ने र एक्लो महसुस नगर्ने हुँदा यसले निराशापन घटाउन निकै सहयोग पुग्ने अनुसन्धानकर्ता शिलिया कटनले बताएका छन ।
अनुसन्धानकर्ताले अध्ययनमा ३ हजारभन्दा बढीलाई संलग्न गराएका थिए । उनीहरुमा इन्टरनेट प्रयोग गर्नुपूर्वको निराशापनको अवस्था र त्यसपछिको अवस्थाका बारेमा विस्तृतमा अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताले वृद्धवृद्धालाई इन्टरनेट प्रयोग गर्न प्रोत्साहित गरेर निराशापनको शिकार हुनबाट बचाउन सकिने दाबी गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१