काठमाडौँ । छोराको हत्यारालाई कारबाही हुनु पर्ने मागका साथ अनसनमा बसेकी गंगामायाको स्वास्थ्यस्थिति बिग्रिएपछि मंगलबार वीर अस्पतालको आईसीयुमा भर्ना गरिएको छ। कान्तिपुर दैनिकमा समाचार छ। ‘३ वर्षदेखि उहाँको देब्रे खुट्टामा यो समस्या थियो’ पण्डितले भने,‘अहिले आएर दाहिने खुट्टमा पनि त्यही समस्या देखिएपछि अवस्था गम्भीर भएको हो।’ उनलाई हिँडडुल गर्न र सास फेर्न पनि मुस्किल भएपछि अपरान्ह आईसीयुमा राखिएको हो। पण्डितका अनुसार अहिले गंगामायाको अवस्था स्थिर छ।
वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितका अनुसार गंगामायालाई खुट्टाको नसा सम्बन्धि रोग डिभिटी (डिप भेन थ्रम्बोसिस) ले गलाएको छ।
प्रतिक्रिया