भारतलाई घुडाँ टेकाइ छाड्यो नेपालले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७२, सोमबार २१:३३

भारतलाई उसैको भूमिमा हराउँदै नेपालले दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पूरुष फुटबलतर्फ स्वर्ण जितेको छ । सुरुआतमा भारतले हलिचरणको गोलमार्फत अग्रता लिएपनि नेपालले अन्नत दोस्रो हाफमा भारतलाई घुडाँ टेकाइछाड्यो । footballहलिचरणले ३२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । त्यसपछि निरन्तर आक्रमण उत्रिएको नेपाली टोलीले खेलको ६६ औँ मिनेटमा प्रकाश बुढाथोकीको गोलमार्फत खेल बराबरी गर्यो । प्रकाशले प्रहार गरेको फ्रिकीकले सिधैँ गोलपोस्टको जाली चुमेको थियो । त्यसपछि ५ मिनेटपछि नवयूग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाए । जारी प्रतियोगितामा नवयुगले गरेको यो सातौ गोल हो ।

नवयूगको चमत्कार
यसअघि बंगबन्धु गोल्डकप फूटबल प्रतियोगिताको उपाधी जिताउन महत्वपूर्ण भमिका खेलेका नवयुग श्रेष्ठ यस प्रतियोगितामा पनि चम्किए । उनले भुटान र माल्दिभ्स विरुद्ध ह्याट्रिक गरे । त्यस्तै फाइनलमा निर्णायक गोल उनकै नाममा रह्यो ।
खेलाडी, कप्तान र प्रशिक्षकको भूमिकामा सफल राजु
प्रशिक्षक राजुकाजी शाक्य दक्षिण एशियाली खेलकुदमा नेपालले तीनपटक स्वर्ण जित्दा तीनैपटक महत्वपूर्ण भूमिकामा देखिए । सन् १९८४ मा नेपालले पहिलो दक्षिण एशियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । सन् १९९३ मा नेपालले छैटौ दक्षिण एशियाली खेलक’दमा स्वर्ण जित्दा उनी कप्तानको भूमिकामा थिए । अहिले उनी टोलीको प्रशिक्षक छन् । रातो पाटीबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१