सम्बन्धबिच्छेद नगरी छुट्टाछुट्टै बस्ने बलिउड सेलिब्रेटी जाेडी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७२, सोमबार १६:२८

babitaएजेन्सी मुम्बई ।

रणधिर कपुर–बबिताः कल आज और कल, जवानी दिवानी, रामपुरका लक्ष्मण, चाचा भतिजाजस्ता फिल्मका अभिनेता रणधिर कपुरले सन् १९७१ मा त्यतिबेलाकी चर्चित अभिनेत्री बबितासँग बिहे गरेका थिए । बिहे गरेपछि बबिता फिल्मक्षेत्रबाट टाढिइन् र परिवारतिरै बढी ध्यान दिन थालिन् । उता रणधिरको रक्सीको लत र कामप्रतिको गैरजिम्मेवारीपनबाट आजित भएर बबिताले बिहे गरेको १७ वर्षपछि पति नै छोडिदिइन् । तर, हालसम्म उनीहरुबीच सम्बन्धबिच्छेद भने भएको छैन । हाल उनीहरु एकअर्काको परिवारमा हुने कार्यक्रममा सरिक भइरहन्छन् । करिश्मा र करिना कपुर रणधिर–बबिताका सन्तान हुन् ।

करिश्मा–सञ्जयः आमा बबिताजस्तै छोरी करिश्मा पनि पतिसँग अलग्गिएकी तर सम्बन्धबिच्छेद नभइसकेकी अभिनेत्री हुन् । सन् २००३ मा व्यवसायी सञ्जय कपुरसँग बिहे गरेकी करिश्मा २०१२ मा अलग्गिएकी हुन् । अहिले उनी आमा बबितासँग बस्दै आएकी छिन् । दुई बच्चाका आमाबाबु करिश्मा र सञ्जयबीच सम्बन्धबिच्छेद हुन पनि ठूलै मनमुटाव भइरहेको छ ।
गुलजार–राखीः बंगाली फिल्म निर्देशक अजय विश्वाससँग वैवाहिक सम्बन्ध टुटेपछि राखीले हिन्दी फिल्म निर्देशक तथा गीतकार गुलजारसँग बिहे गरेकी थिइन् । बलिउड निर्देशक मेघना उनकी छोरी हुन् । मेघना एक वर्षको छँदा राखी र गुलजार अलग्गिएका थिए तर सम्बन्धबिच्छेद गरेका थिएन् । अहिले उनीहरु एकअर्काको सम्पर्कमा छन् ।
राजेश–डिम्पलः सन् १९७३ मा राजेश र डिम्पलबीच बिहे भएको थियो । बिहे गरेको करिब १२ वर्षपछि डिम्पल फिल्मबाट टाढा रहिन् । यसबीचमा डिम्पल छोरीको हेरविचारमा लागिन् भने राजेश फिल्ममै काम गरिरहे । बिहे गरेको ११ वर्षपछि डिम्पल राजेशसँग छुट्टिइन् । तर, जीवनको उत्तराद्र्धमा भने डिम्पलले राजेशलाई पुरा साथ दिइन् ।
महिमा–बबीः सुभाष घईको फिल्म ‘परदेश’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री महिमा चौधरीले सन् २००६ मा आर्किटेक्ट बबी मुखर्जीसँग बिह गरेकी थिइन् । छोरीलाई जन्म दिएको केही वर्षमै महिमा बबीसँग अलग्गिइन् । तर, हालसम्म उनीहरुको सम्बन्धबिच्छेद भएको छैन ।
फरहान–अधुनाः १५ वर्षको वैवाहिक सम्बन्धमा रहेका फरहान अख्तर र अधुना हालै अलग्गिएका छन् तर सम्बन्धबिच्छेद भने भएको छैन । उनीहरुका दुई सन्तान छन् । बताइएअनुसार उनीहरुको सम्बन्धमा खटपट आउनुमा अभिनेत्री अदिती राव हैदरीसँग फरहान नजिकिनुलाई मानिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१