सुआहारा कार्यक्रम प्रभावकारी नभएको गुनासो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७२, सोमबार १६:२०

बझाङसम्राट सिंह/बझाङ ।  गर्भवती एवं सुत्केरी महिला र बालवालिकाको पोषण अवस्थामा सुधार ल्याउन जिल्लामा संञ्चालन हुँदै आएको सुआहारा कार्यक्रम प्रभावकारी नभएको बझाङ्गबासीले गुनासो गरेका छन । सुआहारा कार्यक्रम मार्फत जिल्लाका ४२ गाविस र नगरपालिका गरी ३ वर्षको अवधीमा झण्डै ७ करोड भन्दा बढी रकम खर्च गरिएको भएता पनि खर्च अनुसारको उपलब्धी न्युन देखीएपछि सरोकारवालाहरुले प्रभावकारी नभएको गुनासो गरेका हुन ।
बिकट हिमाली जिल्ला बझाङमा सुआहारा कार्यक्रमले अधिकासं रकम चेतना विकासको लागी खर्च गरेको वताएता पनि ग्रामिण महिला तथा वालबालिकाको व्यवहारमा कुनै परिवर्तन नदेखिएको कोटदेवल गाविसका नरेन्द्र सिंहले बताए ।
करोडौ रकम खर्चेतापनि सुआहारा कार्यक्रम प्रभावकारी नभएको नागरिक समाजका अगुवा,पत्रकार तथा सुआहाराका कर्मचारीहरुले समेत चिन्ता व्यक्त गरेका छन ।
गाउँमा सुआहाराले बितरण गरेका कुखुरा एउटा पनि छैनन् कृषि तथा खाद्य सुरक्षा आयोजनाबाट बितरण भएका कुखुरा देखाएर कार्यक्रम संञ्चालन गर्दै आएको भएतापनि सरोकारवालाहरुको ध्यान नगएको नेकपा माओवादीका नेता चन्द्रसिंहले बताए । सुआहारा कार्यक्रममा अनिमियता भएको बारे अख्तियार दुरुपयोग अनुसन्धानमा उजूरी परेको भएपनि अख्तियारले छानविनमा कुनै चाँसो नदेखाएको उनको भनाइ छ ।
सुआहारा कार्यक्रमका संयोजक जगदिश लुहारले सुआहारा कार्यक्रमले जिल्लामा पोषणको क्षेत्रमा ठुलो योगदान पुर्याएको र कार्यक्रम प्रभावकारी भएको बताए ।

प्रतिक्रिया