विद्यालयनजाने मुसहर बालबालिका ट्युसनपढ्न थालेपछि धुर्मुस सुन्तलीहर्षित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७२, सोमबार १६:११

Musahar 2  महोत्तरी।  महोत्तरी बर्दिबास २ का मुसहर बस्तीका विद्यालयनजानेबालबालिकाविद्यालयजानुका साथै ट्युसन समेत पढ्न थालेका छन् । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमा पुगेर अभिभावकलाई सम्झाई बुझाई गरेपछिअहिले अधिकाँस बालबालिकाविद्यालयजानुका साथै ट्युसन समेत पढ्नथालेका हुन् । मुसहर बस्तीकै सबैभन्दा बढी पढेका मन्जे सदालाई धुर्मुस सुन्तलीले सम्मानसहितआर्थिक सहयोग गरेर बस्तीका बालबालिकालाई ट्युसन पढाउनआग्रह गरेका थिए । धुर्मुस सुन्तलीको आग्रहअनुसार नै बस्तीका बालबालिकालाई जम्मा गरेर ट्युसन पढाउन थालेको कक्षा ११ माअध्ययनरत मन्जे सदाले बताएका छन् । Musahar 5यो खबरले आफुहरुलाई निकै हर्षित तुल्याएको धुर्मुस सुन्तलीले प्रतिक्रियादिएका छन् । बालबालिकालाई सहज रुपमा ट्युसन पढाउनका लागिबर्दिबास जनसेवा अस्पतालले ह्वाइट बोर्ड, मार्कर, डस्टरलगायतका सामग्री सहयोग गरेको छ । स्थानीयपत्रकार एवं सामाजीकअभियान्ता राजकरण महतोको पहलमा अस्पतालले उक्त शैक्षिक सामग्री सहयोग गरेपछि अध्यापनमानिकै सहजभएको मन्जेको भनाई छ । केहि समय अघि बस्तीका लागिन्यानो बाँड्न पुगेका धुर्मुस सुन्तलीले मन्जे सदालाई पाँचहजार रुपैँयानगद सहयोग र सम्मान गरेका थिए । Musahar 4आफ्नागाउँलेको अघि गरीएको सहयोग र सम्मानले आफुलाई निकै हर्षित तुल्याएको भन्दै उनले बस्तीका बालबालिकालाईविद्यालय लैजाने र ट्युसन पढाउने प्रतिबद्धता जनाएकाथिए । करिब ६० घर रहेको यस बस्तीमा गरिबि, अशिक्षा, बालविवाहलगायतका सामाजीक समस्याव्याप्त छ । धुर्मुस सुन्तलीले बस्तीको विकरालअवस्था देखेपछि त्यो बस्तीलाई नमुनाबस्तीको रुपमाविकास गर्ने योजनाबनाएका छन् । सहयोगीहातहरुको साथ जुटेमाबर्दिबासकामुसहर बस्तीलाई अर्को नमुना बस्ती बनाउने उनीहरुको सोच छ । गरिब र पिछडिएका समुदायकालागिआफुहरु बाचुञ्जेल सहयोग गर्न तत्पर रहेको उनीहरुले बताएकाछन् । Musahar 1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१