हालै एक भारतीय सञ्चारमाध्यममा ४१ वर्षीय प्रितीले १० वर्ष कम उमेरका अमेरिकी प्रेमी जीन गुडइन्फसँग यही फेब्रुअरी महिनामा अमेरिकामा बिहे गर्न लागेको समाचार बाहिरिएको थियो । समाचारमा प्रितीले बलिउडका नजिकका साथीलाई बिहेको निम्तोसमेत दिइसकेको लेखिएको थियो ।
यही विषयलाई लिएर प्रिति जिन्टाले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् । ट्विरबाट उनले व्यक्तिगत जीवनलाई लिएर मिडियामा हल्ला नफिँजाउन आग्रह गरेकी छिन् । उनले मिडियाले बर्वाद गरेको आरोपसमेत लगाउँदै रोक्नुपर्ने बताएकी छिन् ।
उनले आफ्नो बिहेको समाचारलाई बकवास समाचारको संज्ञा दिएकी छिन् ।
प्रतिक्रिया