टेलिकमले झण्डै ८ सय कर्मचारीलाई अवकास दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ माघ २०७२, शुक्रबार ०८:४५
टेलिकमकाठमाडौँ । नेपाल टेलिकमले आकर्षक सुविधासहित ७ सय ९६ कर्मचारीलाई स्वेच्छिक अवकास दिने भएको छ। अवकासका लागि ८ सय २२ कर्मचारीले इच्छा देखाएकोमा टेलिकमको संचालक समितिको बैठकले ७ सय ९६ कर्मचारी छनौट गरेको हो।
 अवकास लिने कर्मचारीहरुले पहिले नै एकमुष्ट रुपमा तलव सुविधा पाउने छन्। ८० वर्षको उमेरसम्म तलव सुविधा पाउने प्रावधानअनुसार अवकास प्राप्त कर्मचारीले ५८ वर्षपछि २२ वर्षसम्मको एकमुष्ट पेन्सन पाउने छन्।
५८ वर्ष उमेर नपुग्ने कर्मचारीलाई सो उमेर नपुग्दासम्म प्रतिवर्ष ४ महिनाको तलव सुविधा पाउनेगरी बढीमा ६ वर्षसम्म तलव सुविधा दिइने छ। थप चरणमा पनि अवकास दिई १५ सय कर्मचारीलाई विदाई गर्ने तयारी गरेको सम्बद्ध स्रोतले जनाएको छ। अवकासप्राप्त कर्मचारीहरुले ४० लाखदेखि १ करोड रुपैयाँसम्म पाउने छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१