काठमाडौं । विरामी भए पछि उपचारका लागि अस्पताल नगई धामीकोमा गएकी एक महिलाको झारफुकको क्रममा आगो लागेर उपचारका क्रममा मृत्यु भएको छ । बर्दिया जमुनी गाविस शान्तिपुरका कृष्ण भट्टकी २६ बर्षिया श्रीमती सीता अधिकारी(भट्ट)को माघ २२ गते विरामी भएपछि झारफुकका लागी बासगडी नगरपालिका माछागढमा रहेका धामी रुद्र कामीको घरमा लगिएको थियो ।
झारफुक गर्ने क्रममा दियोबत्तीको खरानीको प्रयोग गर्दा अधिकारीले लगाएको कपडा जल्न गई घाईते भएर उपचारका लागी भेरी अंचल अस्पताल नेपालगंजमा लगिएको थियो । नेपालगंजबाट थप उपचारका लागी भारतको लखनउ रिफर गरिएको थियो तर उपचारकै क्रममा माघ २७ गते अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया