लिटल प्रिन्स एण्ड प्रिन्सेसको ग्रान्ड फिनाले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ माघ २०७२, बिहीबार २०:४९

Auditionसुरुङ्गा । ग्ल्यामरस नेपालले सुरुङ्गामा लिटल प्रिन्स एन्ड प्रिन्सेसको ग्रान्ड फिनाले शुक्रबार सम्पन्न गर्ने भएको छ । ग्ल्यामरसले सुरुङ्गामा भएको अडिसनबाट छानिएर बन्द प्रशिक्षणमा रहेका ५० जना बालबालिकालाई प्रतिस्पर्धामा उतार्ने भएको हो ।

बालबालिकाको क्षमता अभिबृद्धि तथा भविष्यको गन्तव्य खोज्न सहज बनाउने अभिप्रायले लिटल प्रिन्स एन्ड प्रिन्सेस सुरु गरिएको हो । यो प्रतियोगिताले सौन्दर्यलाई भन्दा पनि अतिरिक्त जानकारीमूलक शिक्षामा जोड दिई प्रतिस्पर्धीलाई सबल र सक्षम बनाउन खोज्ने ग्ल्यामरस नेपालका संस्थापक अध्यक्ष आशिम ज्वयल श्रेष्ठले बताए ।
प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले व्यक्तित्व विकास सामाजिक रहन सहन नैतिक जिम्मेवारी सामाजिक उत्तरदायित्व, जीवनशैली, कला संस्कृति, बोलीचाली, क्याटवाक आदिको बारेमा प्रशिक्षण दिएका थिए । प्रतियोगितामा ६ देखि १० वर्ष र ११ देखि १५ वर्ष गरी दुई समूहमा विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । आत्मविश्वास, प्रस्तुतीकरण र अनुशासनको आधारमा उनीहरुको मूल्याङ्कन हुनेछ । कार्यक्रममा सुरुङ्गा क्षेत्रका विभिन्न संघसंस्थाले सहयोग गरेको संस्थापक ज्वयलले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१