को हुन बाबुरामका ज्वाइँ जेकेन्द्र ? झ्याइँ पार्दै मानुषी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ माघ २०७२, बिहीबार ०६:५९
बाबुरामका ज्वाइँ जेकेन्द्रकाठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका अगुवा डा. बाबुराम भट्टराईकी एकमात्र सन्तान हुन—मानुषी यमी भट्टराई । नयाँदिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा राजनीतिशास्त्रमा पिएचडी गर्दैछिन्, उनी ।
 
नेपालमा पपुलिष्ट नेता मानिने बाबुरामकी तिनै एकमात्र सन्तान मानुषीले आफ्नो दुलहा भेटाएकी छन् । उनले आफ्ना प्रेमी तथा तनहुँ स्थायी घर भएका जेकेन्द्र श्रेष्ठसँग लगनगाँठो कस्दैंछिन् ।
 
रमाइलो संयोग नै मान्नुपर्छ, विवाह त्यो दिन हुन लागेको छ, जुन दिन उनका पिता बाबुराम भट्टराई समेत अगुवाई रहेको जनयुद्ध दिवस परेको छ । त्यही जनयुद्ध दिवसमा नै बाबुराम—हिसिलाले आफ्नी एक मात्र सन्तान मानुषीको कन्यादान गर्दैछन् ।
 
बाबुरामको पारिवारिक स्रोतकाअनुसार फागुन १ गतेको दिन मानुषीको प्रेमी जेकेन्द्र श्रेष्ठको साथमा बिहेको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । संयोगवश मानुषीको बिहे तय गरिएको मिति ‘भ्यालेन्टाइन डे’ प्रणय दिवसको अघिल्लो दिन परेको छ ।
 
को हुन बाबुरामका ज्वाइँ जेकेन्द्र ?
 
जेकेन्द्र श्रेष्ठ, तनहुँका स्थायी निवासी हुन् । बाबुराम पुत्री त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययन गर्दा उनीहरुबीच भेटघाट भएको हो ।
 
२०६३ तिर जेकेन्द्र अखिल क्रान्तिकारी आवद्ध भएका हुन् । उनी अखिलको त्रिवि जिल्ला कमिटीमा अध्यक्ष थिए । मानुषी पनि त्रिविमा अखिलको राजनीति गर्ने भएकाले उनीहरुबीच सांगठनिक कामका शिलशिलामा घनिष्ठता सुरु भएको थियो ।
 
त्यही घनिष्ठता नै प्रेममा बदलिएको थियो । मानुषी केन्द्रीय क्याम्पसकी सभापति समेत हुन् । ‘उहाँ २०६२/०६३ माओवादीको विद्यार्थीमा जोडिएका हुन्,’ जेकेन्द्र निकट स्रोतले भन्यो, ‘मानुषीसँग त्रिवि जिल्ला कमिटीको अध्यक्ष हुँदा भेट भएको हो । त्यही सांगठनिक काममा शिलशिलामा उनीहरुबीच प्रेम भएको हो ।’
 
मानुषी निकट अर्को स्रोत भन्छ, मानुषीको मावली पनि नेवार समुदाय नै भएको र जेकेन्द्र पनि नेवार समुदायकै भएकाले उनीहरुको निकटता बढेको थियो ।
 
 
 
जेकेन्द्र बाबुरामका अनुयायीका रुपमा चिनिदैं आएका थिए । बाबुरामले एमाओवादी परित्याग गरेसँगै जेकेन्द्रले माओवादी छाडे । अहिले उनी बाबुरामको नयाँ शक्तिको विद्यार्थीको प्रवक्ताको रुपमा क्रियाशील छन् ।

प्रतिक्रिया