पर्यटन प्रबद्र्धन तथा विश्व प्रेम दिवशको अवसरमा साइक्लिङ ¥याली हुदै (यस्तो छ बिज्ञप्ति )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार १७:५९

काठमाडौँ ।  साइक्लिङद्धारा पर्यटन प्रबद्र्धन तथा विश्व प्रेम दिवशको अवसरमा ‘पृथ्वीलाई माया गरॉै’ भन्ने मुख्य नाराका साथ साइक्लिङ हुने भएको छ । स्टेप फर माइल्स नेपालको आयोजनामा हुने साइक्लिङको तिब्र तयारी भैरहेको छ ।
फागुन १ गते शनिवारका दिन गरिने सो ¥याली पाटनको कृष्ण मन्दिरबाट सुरु भई ग्वार्खु, कोटेश्वर, वानेश्वर, थापाथली, त्रिपुरेश्वर, रत्नपार्क, कमलपोखरी हुदै डिल्लीवजारको भोजन गृहमा गएर समापन हुने स्टेप फर माइल्सका अध्यक्ष रुपक खड्काले जानकारी दिए । जम्मा २० किलोमिटर दूरीको ¥यारी वातावरणमन्त्री मन्त्री, विशेन्द्र पासवानले उद्घाटन गर्ने भएका छन् ।
हजारौ‘ साइकलयात्री सहभागि हुने दावि गरिएको सो साइकल ¥यालिको समापनमा नौ जना वातावरण पत्रकारलाई सम्मान गरिने भएको छ । त्यस्तै, कार्यक्रमलाई थप आकर्षण र अविश्मरणीय बनाउन आकर्षण नृत्य पनि राखिएको छ । तीन लाख रुपैयॉ अनुमान गरिएको कार्यक्रमलाई कालापत्थर ठमेल, विशाल ग्रुप, इडिओ गार्डेन, इनोभेटिभ एजुकेशन आदिले सहयोग गर्ने भएका छन् । त्यस्तै, मिडिया पार्टनरको रुपमा लोकप्रिय पर्यटन पत्रिका टुरिजम एक्सप्रेस रहेको छ ।
जलवायु परिवर्तन तथा तापक्रम वृद्धिले सारा जैविक पर्यटनमाथि विश्वलाई नै विनासको संघारमा लगिरहेको भन्दै यस्तो अवस्थामा वातावरण संरक्षण गर्नु अतिआवश्यक रहेको अध्यक्ष खड्काले बताउनुभयो । त्यस्तै, उहॉले विगतमा महिला र पुरुषकाबीचको पिरती दिवशका दिन सारा पृथ्वीलाई पनि प्रेम गरे पिरती थप प्रगाढ हुने पनि बताउनुभयो
त्यस्तै, संस्थाकी कार्यवाहक सचिव साझना तोलाङ्गेले कार्यक्रम समग्र प्रकृति प्रेममा समर्पित भएकाले पृथ्वीलाई माया गर्ने जो कोही पनि सहभागि हुन सक्ने बताउनुभयो । संस्थाका सक्रिय सदस्य नृप पाण्डेले प्रकृति प्रेम तथा प्रणय दिवशको अवसरमा गरिने तर विल्कुलै नयॉ शैलीमा साइकल ¥याली भएकाले सवै सहभागि हुनुपर्ने बताउनुभयो । डिल्लीबजार भोजनगृहका सञ्चालक भरत बस्नेतले एक अवसरमा एक पटक गर्न लागिएको नयॉ कार्यक्रम भएकाले सवै सहभागि हुनुपर्ने बताउनुभयो । साइकल ¥यालिमा विभिन्न क्षेत्रका गरी करिब एक हजार जना सहभागि हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम

प्रणय दिवसको एक दिन अगाडि शनिवारको दिन साइकल¥यालीको आयोजनागरिन्छ । साइकलआफैमावातावरण मैत्री,शुन्यकार्वन उत्पादनहुने सवारी साधनहो ।
निरन्तर वातावरण संरक्षण,त्यसले निम्त्याएको समस्या र त्यसबाट कसरी बच्ने भन्ने विषयमा अनुसन्धानगर्ने र त्यस विषयमाकलमचलाउने ९जनापत्रकारहरुलाइ सम्मानकार्यक्रम
भुकम्पबाट थचिएको पर्यटनमा विदेसी पाहुनाहरुलाइपनि सहभागिता गराउने
साइकलयात्रीहरुलाइ स्वागततथासम्मान
विशेष गरी काठमाडौं उपत्यकामाध्वनी प्रदुषण, वायू प्रदूषण तथा ट्राफिक जामन्यूनिकरण गरी सोको विकल्पको रुपमा साइकललाई प्रवद्र्धन गर्नेर गराउने ।उद्धेश्य
आाममानिसमाधर्तीमातालाइपनि प्रेम गर्नुपर्छ भन्ने सन्देश पु¥याउनेसाथै धर्ती नरहे कुनै जीवको अस्तित्वनभएको बोध गराउने ।
वातावरण संरक्षणका उपायहरु र त्यसको कार्यान्वयनगर्न सर्बसाधरण र सरकारलाइ सहयोग गर्ने।
विशेष गरी काठमाडौं उपत्यकामाध्वनी प्रदुषण, वायू प्रदूषण तथा ट्राफिक जामन्यूनिकरण गरी सोको विकल्पको रुपमा साइकललाई प्रवद्र्धन गर्नेर गराउने ।

यस्तो छ बिज्ञप्ति :

PRESS-RELESE-OK

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१