अल बिदा सुशिल दा……

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार १४:४४

koiralaखै काँहाबाट कुन शब्दले सुरूवाती गरू यी मेरो मनको मनोभावनाहरू एकै चोटी अकास्मात बिहानी पख नेपालको संबिधानका पिता,नेपाली राजनिति इतिहासका हस्ति,राजनितिका धरोहर,निष्ठावान व्यक्तित्वको धनी,पूर्व प्रधानमन्त्री,प्रजातन्त्रका सेनानी एवं नेपाली कांग्रेस पार्टीका सभापति आदरणीय शुशिल दाको असामयिक निधन भएको खबर डिसी नेपाल डटकमबाट पढ्दा आफुले आफुलाई नै सन्तुलनमा राख्न सक्ने अबस्था नै रहेन समाचार पढ्दा पनि झुट्टो झै लाग्दै थियो तर बास्तविक सत्य नै थियो जो नहुनी पर्नी साथै नसुन्नु पर्ने कुरा भई सकेको थियो।आफ्नो मनलाई आफैले सन्तुलनमा ल्याउने प्रयासका साथ शुशिल दा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको राजनिति जीवनलाई नेपाली दाजुभाई तथा दिदिबहिनीहरू माझ ल्याउने प्रयास गरेको छु।लेखाईको क्रममा केहि गल्ति एवं भुल हुन गएमा माफ गरी दिनु होला। ईस्वी संबत १९३९ सालको अगष्ट १२ तारिकका दिन बिराटनगर,मोरङमा बुबा बोध प्रसाद कोईराला र आमा कुमुदिनी कोईरालाको कोखबाट जन्म लिनु भएका शुशिल कोईराला बाल्य अबस्था देखि नै नेपालको राजनितिमा होमिनु भएको थियो।बिक्रम संबत २००७ सालको प्रजातान्त्रिक आन्दोलन ताका यिनी ११ बर्षको मात्रै थिए।११ बर्षको कलिलो उमेरबाट नै उहाँ आन्दोलनमा कांग्रेस कार्यकर्ता बनी सामेल भएका थिए।२००७ सालमा प्रजातन्त्र आए पछि नेपाली जनताले शान्तिको लामो स्वास फेर्दै घर घरमा खुशीयाली मनाएका थिए तर यो खुशीलाई राजा महेन्द्रले धेरै बर्ष टिक्न दिएनन् प्रजातन्त्र माथि कुठाराघात गर्दै कु गरेर २०१७ सालमा एक दलीय निरङ्कुश शाशन लागु गर्न पुगे।त्यस बेला प्रजातन्त्र प्रति आस्था राख्ने कयौ नेताहरूलाई जेल हालियो भने कयौले परदेशी जीवन जीउनु पर्यो।त्यस मध्यका शुशिल कोईराला पनि एक थिए।उहाँले आफ्नो जीवनमा ६ बर्ष जेल जीवन बिताए भने १६ बर्ष प्रवासमा जीवन जीउनु परेको थियो। भारतमा रहदा नेपाली राजनितिलाई त्यतिकै निरन्तरता दिदै अगाडी बढेका थिए भारतमा रहदा बीपी कोईराला ,गिरिजा प्रसाद कोईराला ,कृष्ण प्रसाद भट्टराई,गणेशमान जस्ता नेताहरूको समिपमा रहि नेपालमा कसरी राजनिति परिवर्तन गर्ने बारे सोची रहन्थे।बिक्रम संबत २०२७ साल पछि नेपालमा नेपाली कांग्रेसले शसस्त्र क्रान्ति गरी रहेको थियो त्यो अबस्थामा पार्टीलाई सहयोग गर्नु पर्छ भन्दै गिरिजा बाबुको आदेशमा बिक्रम संबत २०३० सालमा नेपाल वायुसेवा निगमको जाहाज अपहरण गरी भारतको बिहार स्थित फारवेस गञ्जमा पुराई ३० लाख भारतीय रूपैया लुट्न सफल भएका थिए।त्यो रकम नेपालमा भईरहेको नेपाली कांग्रेसको शसस्त्र आन्दोलनमा नै प्रयोग गरिएको थियो।उक्त समयमा तीन बर्ष सम्म शुशिल कोईरालाले भारतमा कठीन यातना भोग्नु परेको थियो। बिक्रम संबत २०३४ साल पछि उहाँ नेपाली कांग्रेस पार्टीको केन्द्रिय सदस्य,महामन्त्री ,उपसभापति हुँदै बिक्रम संबत २०६६ साल भाद्र महिनामा भएको नेपाली कांग्रेस पार्टीको सभापति जस्तो गरिमामय पद सम्हाल्न पुगेका थिए।राजनिति जीवनको कालखण्डमा स्वर्गीग गिरिजा प्रसाद कोईरालाको मातहातमा रहेर बफादार बनी काम गरी रहनु भएको थियो।नेपालको ठुला ठुला राजनितिक आन्दोलनमा सधै सरिक हुन पुग्नुका साथै दिएको जिम्मेवारी पनि बहन गर्दथे।२०४६ सालमा ठुलो आन्दोलन भए पश्चात पंचायती व्यबस्थाको अन्त्य साथै बहुदलीय व्यबस्थाको उदय हुन पुग्यो त्यस बखत बनेको प्रथम मन्त्री मण्डलमा परराष्ट्र मन्त्री दिदा पनि उहाँले कुनै लोभ गर्नु भएन। शुशिल दा बिक्रम संबत २०४८ र बिक्रम संबत २०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसद चुनावमा बिजयी भएका थिए।सधै भरी नेपाल र नेपाली जनताको हितका लागि भन्दा भन्दै नत उहाँले जीवनमा बिबाह गर्ने सोच बनाए न त धन सम्पति नै जोड्न जसरी सन्त नेता कृष्ण प्रसाद भट्टराईले आफ्नो जीवनमा देश र जनतालाई भन्दै त्याग गरेका थिए त्यसरी नै उहाँले पनि त्यागी बनी जनताको सेवामा जुटी रहनु भयो।बिक्रम संबत २०६२/६३ सालको आन्दोलको समयमा कयौ नेपालीहरूले जीवनको बलिदानी दिए पछि राजतन्त्रको अन्त्य संगै लोकतन्त्रको उदय भयो।यसरी राजतन्त्रको अन्त्य गराउन र लोकतन्त्रलाई ल्याउन गिरिजा बाबुको ठुलो देन छ। केहि समय पश्चात लोकतन्त्रलाई परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र भनियो। गिरिजा बाबु स्वर्गीय भए पछि संबिधान बन्न र बनाउन निकै कठीन भयो।संबिधान बनाउनका लागि खिलराज रेग्मी राष्ट्र अध्यक्ष भई २०७० साल मंसिर ४ गते संबिधान सभाको चुनाब तोकियो र संबिधान सभाको चुनाव सम्पन्न भयो।उक्त चुनावमा शुशिल कोईरालाले बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट उमेदवारी दिनु भएको थियो भने दुबै क्षेत्रमा बिजय पनि हासिल गरे।चुनावको परिणाम अनुसार नेपाली कांग्रेस पार्टी नेपालको १ नंम्वरको पार्टी बन्यो र शुशिल कोईराला र नेपाली कांग्रेसको प्रमुख भुमिकामा नेकपा एमालेसंग सहकार्य गरी सरकार बन्ने भयो।सरकार गठन भयो बिक्रम संबत २०७० साल माघ २७ गते शुशिल कोईराला नेपालको ३७ औं प्रधानमन्त्री बन्न सफल हुनु भयो।प्रधान मन्त्री भई सके पछि सम्पति बिबरण बुझाउदा उहाँसंग जम्मा ३ बटा मोवाईल सेट थिए जस मध्य २ वटाले काम गर्दैन थियो।यस्तो बिबरण आउँदा बिश्व जनसमुदाय माझ उहाँ विश्वकै गरिव प्रधान मन्त्री हुन भनि कहलिए। प्रधान मन्त्री बन्नु भयो तर उहाँको काधमा थप जिम्मेबारी पनि थियो र समय पनि कठिन नै थियो।यो सरकारले जसरी भए पनि नेपाली जनताको चाहना अनरूपको संबिधान नेपाली जनताले नै प्रतिनिधित्व गरी पठाएका प्रतिनिधिहरूले संबिधान सभा मार्फत जारी गर्नु थियो।त्यसैले यस्तो जटिल अबस्थामा ४ ठुला राजनिति दलहरूसंग सहकार्य गर्दै २०७२ साल असोज ३ गते नेपाली जनताको चाहना अनुरूप जनताले नै प्रतिनिधित्व गरी पठाएका ९८प्रतिशत प्रतिनिधिको सहमतिमा संबिधान जारी गर्न सफल हुनु भयो र २०७२ साल असोज २३ गते राजिनाम दिनु भयो।संबिधान जारी गरे पश्चात राष्ट्रपति जस्तो गरिमामय पदलाई त्यागी प्रजातान्त्रिक प्रणाली अनरूप फेरी प्रधान मन्त्रीमा उमेदवारी दिनु भयो उहाँलाई थाहा थियो प्रधान मन्त्रीमा हारिन्छ भनेर तर आफु हारेर पनि राष्ट्र र जनतालाई जिताई छाडे।किनकी संबिधान जारी गरे पछि मदेशबादी दलहरूले संबिधान नमान्ने भन्दै आन्दोलन गर्ने र संबिधान जलाउन थाले पछि ती नेताहरूलाई संबिधानको दायरामा ल्याउनका लागि यस्तो किसिमको रणनिती अपनाएका थिए यसमा उहाँ पास हुनु भयो मदेशबादी दलहरू संबिधानलाई टेकेर चुनावमा सहभागी भए तर प्रधानमन्त्रीमा भने हार्नु भयो। प्रधान मन्त्रीको हार संगै उहाँ पार्टी भित्रको राजनितिमा सक्रिय हुनु भयो।नेपाली कांग्रेसको आसन्न तेह्रौ माहाधिवेशनको पुर्ब सन्ध्यामा मिति २०७२/१०/२५ गते सोमबारका दिन रातको १२:५० बजे स्वाश प्रस्वाशमा समस्या आई उहाँको असामयिक निधनले सिङ्गो राष्ट्र र नेपाली कांग्रेस पार्टीलाई अतुल्नीय क्षेति पुगेको छ।उहाँको निधन पश्चात सम्पुर्ण माहाधिवेशनको काम कार्वाही माघ मसान्त सम्मका लागि रोकिएको छ।यस दुखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै राष्ट्रियता,लोकतन्त्र र समाजबाद प्रति आस्था राख्नु हुने सम्पूर्ण नेपाली कांग्रेसी जनहरू र परिवार जनहरूमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून भन्दै भगवानसंग प्राथना गर्दछु।

जय नेपाल। संस्थापक सचिव कर्ण बहादुर अधिकारी नेपाली जनसम्पर्क समिति मकाउ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१