एक थोपा पानी पिएनन् जिन्दगीमा, बाँचे १०७ वर्ष

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार ०७:४९
paniएजेन्सी । मानिसका लागि पानी पिउनु अत्यावश्यक हुन्छ । पानी नपिउने हो भने मानिस धेरै बाँच्न सक्दैन भन्ने कुरा आमरुपमा मानिन्छ पनि । तर यहाँ एउटा यस्तो समाचार सार्वजनिक भएको छ, जसलाई पत्याउन गारै पर्छ ।
 
स्पेनको एउटा शहर भिगो । त्यहाँका एकजना निवासी एन्टोनियो डोक्याम्पो गार्सियाले जिन्दगीमा कहिल्यै पानी पिएनन् । समाचारहरुमा उल्लेख छ– पानीको थोपा मुखमा नपार्ने एन्टोनियोको १०७ वर्षको उमेरमा हालै निधन भयो ।
 
पानी नपिएर यति लामो समय बाँचेको कुरा सार्वजनिक भएपछि जिब्रो टोक्न पुगे मानिसहरु, यस्तो हुनै सक्दैन भन्ने अधिकांशको धारणा रह्यो । तर एन्टोनियाका छोराले आफ्ना बुवाले पानीको साटो आफैले बनाएको रेड वाइन मात्रै खाने कुरा बताएपछि मानिसहरु झन चकित परे । हरेक दिन ४ लिटर अर्गानिक रेड वाइन सेवन गर्ने तर पानी कहिल्यै नपिउने उनका छोराको दावी थियो ।
 
छोरा माइगेलका अनुसार, एन्टोनियोले हरेक वर्ष ६० हजार लिटर रेड वाइन बनाउने गर्थे । यसमा ३ हजार लिटर उनले आफ्ना लागि राख्ने गर्थे भने बाँकी बेच्थे । उनको रेडवाईनमा कुनै पनि किसिमको रसायनको प्रयोग हुँदैनथ्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१