अष्ट्रेलियामा नेपाली खेलाडी कुशलले जिते रजत पदक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार ०५:३५
खेलअस्ट्रेलियाको मेलवर्नमा जारी सुकोकाइ कराँते ओपन च्याम्पियनसिप नेपाली खेलाडीले रजत पदक जितेका छन्। दशौं साफका स्वर्ण पदकधारी कराँते खेलाडी कुशल श्रेष्ठले ‘सुकोकाइ कराँते ओपन च्याम्पियनसीप २०१६’ मा रजत पदक जितेका हुन्।
अस्ट्रेलियान सुकोकाइ कराँते डोको आयोजनामा फेब्रुअरी ७ देखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिताको फाइनलमा अष्ट्रेलियन प्रतिद्वन्द्वीसँग २-१ अन्तरले पराजित भएपछि श्रेष्ठले रजत पदकमा चित्त बुझाएका हुन्।
क्वाटर फाइनलमा आयोजक अष्ट्रेलियन प्रतिद्वन्द्वीलाई ५-२ र सेमिफाइनलमा पनि आयोजक राष्ट्रकै प्रतिस्पर्धीलाई ९-२ ले हराउँदै कुशलले रजत पदक जितेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१