ताप्लेजुङको साँवादिन गाविसमा गए राति आगलागीमा परी दुई बालकको मृत्यु भएको छ ।
आगलागीमा परी अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा पेमादावाका दुई छोरी आठ वर्षीया फुर्वा र ११ वर्षीया चाउरी शेर्पा छन् । राति करिब आधा घन्टाको दूरीमा पर्ने छिमेकीको विवाहमा दुवै बच्चाका आमा निस्किएकाले घरमा ठूलो अभिभावक नहँुदा समयमा नै उद्धार हुन नसकेको प्रहरीले जनाएको छ । आगाले घरको अधिकांश भाग जलिसकेको अवस्थामा मात्र शेर्पा परिवारले थाहा पाएको थियो । आगलागी भएको निकै समयपछि छरछिमेक र घरका अभिभावक निस्किए पनि उनीहरुलाई निकाल्न नसकिएको प्रहरीको भनाइ छ ।
घरमा अभिभावक नभएका समयमा करिब ९ बजेतिर सावादिन–८ का पेमादावा शेर्पाका घरमा लागेको आगोमा परी पेमादावाकै छोरा पाँच वर्षीय फुर्वा र छिमेकी कालवीर शेर्पाका तीन वर्षीय छोरा दसीको मृत्यु भएको हो ।
प्रतिक्रिया