राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ माघ २०७२, बुधबार ०५:११
राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीकाठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनु भएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हिजो  साँझ शिष्टाचार भेट गरेकी छन्। भारतीय विदेशमन्त्री स्वराजले आफू यसपटक पूर्वप्रम कोइरालाको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्न आएको बताएकी थिइन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा असल छिमेकीको नाताले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न अाएकोमा प्रसन्नता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपाल भारतबीचको सम्बन्ध मैत्रीपूर्ण र स्पष्ट छ भन्ने देखिएको बताएकी थिइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१