(साग)मा नेपाललाई पहिलो स्वर्ण पदक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ माघ २०७२, सोमबार १६:४७
भारत भारतको सिलोंगमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् सोमबार नेपालले पहिलो स्वर्ण पदक जितेको छ ।साग
नेपालका लागि उसुबाट १६ वर्षीया निमा घर्तिमगरले नान छावन अलराउन्डमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी हुन् । प्रतियोगिता सुरु भएको चौथो दिनमा नेपालले स्वर्ण पदक जितेको हो ।
आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोस्रो चरणमा ८.४६ गरी कुल १६.९१ अंकसहित स्वर्ण जितेकी हुन् ।
 
काठमाडौंको डन बोस्को बोर्डिङमा कक्षा १० मा अध्ययनरत उनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै देशलाई स्वर्ण पददक दिलाउन सफल भएकी हुन्।
 
यस्तै, उसुको नानकुनतर्फ पनि सोमबार नेपालले एक रजत पदक प्राप्त गरेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१