जर्मनीको बर्लिनमा भएको सडक महोस्तव प्रतियोगितामा नेपाल पांचौ स्थानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७१, बुधबार १६:१४

नवराज रोस्यारा, जर्मनी
गत जुन आठ तारिखका दिन जर्मनीको राजधानी बर्लिनमा सम्पन्न “कार्नेभाल डेर कुल्टुर” नामक सास्कृतीक सडक महोत्सवमा भागलिनेमा बिश्वका असि देशको सहभागिता थियो। सहभागि मध्येका ७५ वटा देश उछिनेर नेपालले यसपाली आफुलाई पांचौ स्थानमा पार्न सफल भएको छ। carneval_002   महोत्सव चलिरहेको सडकमा दिउशो भरिनै नेपाली कलालाई प्रवर्धन गर्नको लागि आंखिभ्mयाल लगायतका बिभिन्न नेपाली भ्mयाल र काठका मुर्तीहरु राखेर नेपाल घरको रुपमा सजाइएको एक ट्रक बिस्तारै सडकमा गुडीरहेको देखिन्थ्योे भने ट्रको अघि पछि नेपाली टोलीले आप्mनो प्रस्तुती गरिरहेका थिए। carneval_004ट्रक भित्र अन्य देवी देवताको साथै बुध्दको मुर्ती राखेर सजाईएको थियो। सडक महोत्सवमा जर्मनी भरीवाट सात लाख भन्दा बढी मानिसहरुको सहभागिता थियो। गत वर्ष आयोजना गरिएको कार्नेभाल डेर कुल्टुर कार्यक्रममा हिन्दु र वौध्द धर्म तथा नेपाली संस्कृती झल्काउने गाईजात्रा र नेपाली नृत्यहरुको प्रस्तुती वाट नेपाली टोलीले दशौ स्थान प्राप्त गरेको थियो। carneval_006 (1)तर यसपाली पाचौं स्थान प्राप्त गर्न सफल भएकोमा आयोजकहरु निकै खुशि देखिन्छन्।
हरेक देशका सहभागिहरुले आप्mनो संस्कृती, संगित, भेष भुषा, रहनसहन र समग्र समाजलाई कुनै न कुनै रुपमा समेटी प्रस्तुती गर्नुपर्ने चलन अनुसार यसपालीको कार्नेभाल डेर कुल्टुर महोत्सवमा नेपालको तर्फवाट “युनिटी इन डाइभर्सिटी अफ नेपाल” अर्थात “नेपालको बिभिधतामा एकता” शिर्षक राखेर आप्mनो प्रस्तुती गरिएको थियो। नेपाली प्रस्तुतीका लागि कार्यक्रम संयोजक रहेका युनिभर्सिटी अफ बर्लिनमा मेडीसिन अध्ययन गरिरहेका बिज्ञान महत भन्छन् “नेपालको भौगोलीक र सास्कृतिक बिविधता लाई बिश्व सामु चिनाउनु र नेपालको बिभिन्न क्षेत्रमा बिभिन्न किसमका सास्कृतीक हेरिटेज यात्राको रुपमा पर्यटन गर्न सकिन्छ भनेर बिदेशीहरुलाई जानकारी दिनु हाम्रो प्रस्तुतीको प्रमुख उध्येश्य थियो। साथै बिभिन्न जात जाती र समुदायहरुका वीचमा एकता र अपसी सदभाग रहदै आएको हाम्रो नेपाली समाजको पुर्नसंरचना गर्दा समानताका आधारमा एकता कायम राखिराख्न निकै आवश्यक छ भन्ने सन्देश दिनु पनि हाम्रो प्रस्तुतीको अर्को उध्येश्य थियो।“ गत वर्ष र यसपालीको प्रस्तुतीको कोरियोग्राफी तयार पार्ने लुजना श्रेष्ठ भन्छीन, “नेपालका बिभिन्न क्षेत्रका बिभिन्न संस्कृतीहरुः हिमालमा शेर्पा, थकाली, गुरुड०, पहाडमा दलित क्षेत्री ब्राह्मण, राई, लिम्वु, तामाड०, मगर र मिथिला भोजपुरी थारु लगायतका जात जातीहरु रहेको तराइ अनि नेवारहरु रहेको काठमाण्डौ उपत्यका सवैको प्रतिनिधित्व गरेर हामीले नेपाली सामुहिकता र बिबिधतामा एकताको सांकेतिक प्रस्तुती गरेका हौं।” carneval_003
बर्लिनको मौसमले कार्यक्रमको दिनमा ३० डीग्री तापक्रम कायम गरेर रिकर्ड नै कायम गरेको भएपनि त्यस्तो टन्टलापुर घामको समेत ख्याल नगरेर नेपाली सहभागिहरुले दिनभरी सडकमा सक्रियताका साथ आप्mनो प्रस्तुती जारी राखे। आयोजक कमिटीका अर्का सदश्य तथा एनआरएनए बर्लीन च्याप्टरका सचिव राजेश सुनारका अनुसार प्रस्तुतीको तयारी गर्नको लागि मुख्य टोलीलाई दशै, तीहार, देविदेवता हिमाली, पहाडी,तराई, बिविधता र भोलुन्टेयरर्स नामका आठओटा सह टोलीमा बिभाजित गरेर आ आप्mनो कामको जीम्मा दिईएको थियो। देवि देवताको प्रस्तुतीका लागि काली, भैरव, लक्क्ष्मी, नेपालीकि जीति देवी अर्थात कुमारी, लाखे र जोगीको रुप धारण गरेर प्रस्तुती गरिएको थियो भने हिमाल पहाड र तराईको प्रतिनिधित्व गर्नेहरुले क्षेत्र अनुसारको पहिरनमा आ आप्mनो नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै नेपाली बिभिधताको सांकेतिक प्रस्तुतीका लागि सवै जात जाती समुदाय र धर्म अनुसारका भेस भुषामा सजिएका नेपालीहरुको गोलाकार बनाएर बिभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो।
कार्यक्रम तयारीको लागि नेपाली दुतावास वर्लिन र एनआरएनए जर्मनीले प्रतक्ष रुपमा सहयोगीको भुमिका खेलेका थिए। कार्यक्रमका सवै सहभागिहरु दौरा सुरुवाल, धोती,फरिया चोली बख्खु आदी बिभिन्न थरि पोसाकमा उपस्थित थिए र उनीहरु सवैको एउटै सन्देश “हामी सवै नेपाली नै हौं” भन्ने थियो।

 

प्रतिक्रिया