काठमाडौँ । पेट्रोलियम पदार्थको कालोबजारी गरिरहेका दुई जनालाई ठूलो परिणाममा डिजेल र पेट्रोलसहित प्रहरीले पक्राउ गरेको छ। ठूलो परिणाममा डिजेल र पेट्रोल भण्डारण गरिराखी नेपाल सरकारले तोकेको दररेटभन्दा बढी मूल्यमा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
बुढानिलकण्ठ नगरपालिकाको साततल्लेबाट दुई हजार ९५० लिटर डिजेल र १०० लिटर पेट्रोलसहित ओखलढुङ्गा जिल्ला कुन्तादेवी गाविस घर भई काठमाडौँ सरस्वतीनगर बस्ने प्रकाश सापकोटा र सोही जिल्लामा घर भई बूढानिलकण्ठ बस्दै आएका शङ्कर गिरीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
प्रतिक्रिया