कुमार आङदेम्बे (अबि)को संयोगबस् डिभिडि एक विशेष समारोहको विच विमोचन ( भिडियो सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ माघ २०७२, आईतवार ०८:५२
 d1काठमाण्डौ । कला र संस्कृतिले देशको सभ्याता दर्साउँछ । देशको पहिचान समेत झल्काउने कार्य साहित्यले गरेको हुन्छ । कुमार आङदेम्बे (अबि)को संयोगबस् डिभिडि वरिष्ठ साहित्यकरा, कवि, गजलकार,रचनाकार, प्रोफेसर डा. कृष्णहरी बराल ज्यूको प्रमुख आतिथ्य तथा ब्राईट नेपालका अध्यक्ष पुनम देवको सभापतित्वमा एक्सन मिडिया ग्रुप प्रा.लि. र ब्राईट नेपालको संयुक्त आयोजनामा एक विशेष समारोहको विच विमोचन भएको छ ।
 
उक्त विमोचन कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य उत्तम के.सी., चलचित्र पत्रकार संघको अध्यक्ष शान्ति प्रीय, चलचित्र निर्देशक समाजको उपाध्यक्ष सुमन दाहाल, रेडियो नेपालका बोर्ड सदस्य मुक्तककार, शिल्पीकार कवी रमेश पौडेल, राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रीय अध्यक्ष मुकुन्द कुमार ढुङ्गाना, लेखक तथा समाजसेवी टंक उप्रेती, गायक विश्व शान्त राई लगाएतको उपस्थिति रहेको थियो ।
d
यस संयोगबस डिभिडिलाई प्रोडक्शन गरेर बजारमा ल्याउने काम एक्शन मिडिया ग्रुप प्रा.लि.ले गरेको छ । आगामी दिनहरुमा पनि यस मिडिया ग्रुपले यस्ता उत्पादनहरुलाई निरन्तरता दिने तथा बजारमा पहिचान गराउने कार्य गर्ने छ ।
कुमार आङदेम्बे ९अबि० बुवा स्वा। दल बहादुर आङदेम्बे र आमा मन माया नेम्बाङ ९आङदेम्बेको० कोख बाट २०४५ माघ १२ गते यो सुन्दर धर्तीमा शकुसल पाइला टेकेको हो उहाँको जन्म ९ मोरंगको पथरीमा भए पनि हुर्के बढे संगै बाल्यकाल पाचथर आङसाराङमा बितेको हो हाल उहाँ प्रबाशी भुमि इजरायलमा कार्यरत हुनुहुन्छ उहाँको साहित्यमा सानै देखिको रुचि भए पनि निरन्तर लागेको भर्खर ३र४ वर्ष मात्र हुँदै छ यो उहाँको पहिलो गीति एल्बम संयोगवस हो । यो एल्बमको गीतहरुले माया प्रेमलाई नै फोकस गरेको छ । मिलन ,बिछोड,एक अर्कालाई माया गरेर पनि माया पाउन नासकिन्ने तितो सत्यहरु संयोगवस गीति एल्बमका गीतहरुमा देख्न सुन्न सकिन्छ ।
 
 
आफ्नो मन्तव्यको क्रममा वक्ताहरुले डिभिडिको प्रशंसा गरेको थियो साथै प्रमुख अतिथि डा. कृष्णहरी बरालले गितको एक एक अंश केलाएर स्पष्ट पारेको थियो र देश विकासको लागि हामी सबै मिलेर अगाडी बढ्नु पर्छ सरकारको मुख ताक्नु हुदैन भन्दै शुभकामना दिनु भएको थियो । यस डिभिडिमा ४ वटा गितहरु रहेको छ । गितकारहरुमा प्रमोद खरेल, कमला खत्री, गरौब लिम्बु, जुनु प्रसाई र विश्वशान्त राई रहेकाछन भने । सबै गितहरुका रचनाकार कुमार आङदेम्बे हुनुहुन्छ । त्यसैगरी मयूजिसिनयमा राज शुक्र लिम्बु, कमल खत्री, अमिर लिम्बु र विश्व शान्त राई रहनु भएको छ । यस एल्बममा मोडलहरुमा प्रनिशा, सुमी, युनिका, अमृत, सुमन र रोहितले आफ्नो कला प्रस्तुत गरेका छन ।
 
 
कार्यक्रमको मिडिया पाट्नरमा न्यूज अभियान डटकम र म्यूजिक हाईलाइट थियो भने कार्यक्रम सागर श्रेष्ठले संचालन गर्नु भएको थियो । कार्यक्रमको सभापति पुनम देवले एक्शन मिडिया संग सहकार्य गरेर राम्रो काम गर्न पाएकोमा खुसी व्यक्र गर्नु भएको थियो । कार्यक्रमको अन्तमा चियापान कार्यक्रमको आयोजना गरिएको थियो । भिडियो हेर्नुस 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१