नेपाली कांग्रेस पार्टीको आसन्न तेह्रौ महाधिवेशनको पुर्व सन्ध्यामा गाँउ,क्षेत्र र जिल्लाको अधिवेशन हुन गई रहेको छ।सबैले एउटै दृष्टीले हेरेका छन आउँदो जिल्ला अधिवेशनमा को सभापति बन्लान भन्नेमा सबैलाई कौतुहलता लागि रहेको छ। सबै जना पार्टीले जिल्लाबाट सक्षम नेतृत्व पाओस भन्ने कामना गर्दै छन।तसर्थ सबै जना गाँउ,क्षेत्र र जिल्लाबाट सक्षम नेतृत्वका लागि अहोरात्र खटि रहेका छन। नुवाकोट जिल्लाको प्रसंग जोड्ने जमर्को गर्दै छु।नुवाकोट जिल्ला नेपालको राजनिति इतिहासमा एक दमै महत्व पुर्ण भुमिका निवारण गर्ने जिल्ला हो।कयौ त्यस्ता उदाहरण छन नुवाकोटवाट एकै पटक तीन जना मन्त्री पनि भएकै हो।त्यसैले अब आउँदो पीढीका लागि पनि सक्षम नेतृत्वको नुवाकोट जिल्लामा खाँचो छ।उक्त स्थानका लागि उपयुक्त ब्यक्तित्वमा नेपाली कांग्रेस नुवाकोट जिल्लाको बर्तमान सचिव युवा नेता,समाजसेवी रमेश कुमार महत एक पात्र हुन।बिद्यार्थी जीवन देखि नै राजनितिमा होम्मिएका रमेश कुमार महतले तीन दशक भन्दा बढि समय पार्टीको हितका लागि दिई सक्नु भएको छ।नुवाकोट जिल्लाको कबिलासमा जन्मिएका महत सदा सर्वदा जनताको हितका लागि खटिई रहेका छन। तपाई हामी सबैलाई जानकारी भएकै कुरा हो नेपालको राजनितिमा कसैको पनि स्थायी शत्रु र मित्र हुदैन त्यस कारण सबै भन्दा बढि चरित्र हत्या गर्ने काम राजनिति भित्र नै हुन्छ।यहि भनाईमा जस्तै रमेश कुमार महतको प्रगतिका पाईलाहरूमा अबरोध खडा गर्नका लागि बिरोधीहरूले बिबिध किसिमका मानव अबरोधहरू पनि सृजना गरे तर उक्त अबरोधहरूलाई केहि अप्ठयारोका बाबजुद पनि रमेश महत नुवाकोटवासीका माझ अमिट मित्रता गास्न सफल भएका छन।कुशल नेतृत्व गर्न सक्ने रमेश कुमार महतलाई नै जिल्ला सभापति किन बनाउनु पर्छ भन्ने कुरामा केहि महत्व पूर्ण कार्यहरू यस प्रकार छन। १.नुवाकोट जिल्लाको सम्पुर्ण क्षेत्र र त्यस क्षेत्रमा रहेका वासिन्दाको माझ समाजसेवीका रूपमा परिचित छन रमेश कुमार महत। २.जिल्लाको बिकासका लागि दिन रात नभनि कन खटिएर जनताको घर दैलोमा बिकास निर्माणको कार्यमा संलग्न छन। ३.नुवाकोट वासी जनतालाई प्राकृतिक प्रकोप दैविक प्रकोप पर्दा सवै भन्दा बढि खटिएर अगाडी बढ्ने पनि रमेश कुमार महत नै हुन। ४.२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परि घरवार बिहिन बनेकाहरूको रोई रहेको आत्मालाई सेवाको भावनाले दिनु भएको योगदानलाई ती दु:खमा परेका हरूले कहिले भुल्ने छैन। ५.बिकाशका भौतिक संरचनाहरू पक्की पुल,झोलुङ्गे पुल, मोटरबाटो ,बिजुली बत्ती ,विद्यालय भवन,खाने पानी र स्वास्थ्य चौकीहरू निर्माण गर्नका लागि डा.रामशरण महत सरकारमा हुदाँ वा नहुदाँ पनि बिकाश निर्माणका लागि गहन भुमिका निवारण गर्नुका साथै विभिन्न गैर सरकारी संस्था मार्फत बिकाशका कार्य योजना तयार गरि बिकट स्थानहरूमा विद्यालयहरू साथै खानेपानी आयोजनाहरू निर्माण गरेका छन रमेश कुमार महतले। ६.नुवाकोट बासी जनताको हितका लागि जीवनको तीन दशक भन्दा वढि योगदान दिई सकेका ब्यक्ति हुन रमेश कुमार महत। ७.कुशल नेतृत्व गर्न सक्ने सक्षम ब्यक्ति हुन रमेश कुमार महत। राजनितिमा यस्ता कार्यहरूमा लागि परि रहदा पनि बेला बेलामा चरित्र हत्या गर्नका लागि बिभिन्न आक्षेप लगाउछन बिरोधीहरू तर त्यस्ता आक्षेपहरूलाई सहज ढंगले निवारण पनि गर्न सक्नु पर्दछ भन्ने मान्यता हो।जसरी एउटा काच्चो फलामलाई आगोमा पोली पोली बिभिन्न आकारका औजारहरू तयार गरिन्छ त्यसरी नै राजनितिमा पनि खारिएर हण्डर खाएर अगाडी बढ्न सक्नु पर्दछ।उक्त भनाईमा झै रमेश महत त्यस्तो ब्यक्तित्व हो जो काच्चो फलाम नभई फलामबाट बनेको कुशल औजार हो।त्यसैले यदि यस्तो ब्यक्तित्वलाई नुवाकोट जिल्लाले एक पटक कांग्रेस जिल्ला सभापति पाएको खण्डमा नुवाकोटवासी राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति आस्था राख्ने लगाएत सम्पूर्ण नुवाकोटवासीलाई नै राम्रो हुने छ। अन्त्यमा नुवाकोटवासी राष्ट्रियता, लोकतन्त्र र समाजवाद प्रति आस्था राख्नु हुने सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरू साथै कृयाशील सदस्यता लिनु भएका जो नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशनमा भाग लिदै हुनु हुन्छ कृपया हजुरहरूले आफ्नो अमुल्य मत रमेश कुमार महतलाई दिएर बिजय गराउनु हुन हार्दिक अपिल गर्दछु। दीप जस्तै चम्कि रहनु नुवाकोटवासीको माझ, नुवाकोटवासी कांग्रेसीलाई खाँचो छ तपाई आज। जय नेपाल। कर्ण बहादुर अधिकारी हाल मकाउ,चीन।
प्रतिक्रिया