देश छुट्याउने खेल नखेल्न धुर्मुसले गरे यस्तो आग्रह (भिडियोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ माघ २०७२, आईतवार ०७:२१

काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले देश बनाउने अभियानमा जुटेका छन् । टेलिभिजनको पर्दाबाट लामो समय दर्शक हँसाएका उनीहरु दुख र पिडामा रहेका नेपालीको घाउमा मल्हम पट्टी लगाउनमा तल्लीन छन् । कहिले नमुना बस्ती बनाउँछन्, न्यानो बाँड्न विकट गाउँमा पुग्छन् त कहिले पिछडीएका मुसहर बस्ती पस्छन् । अनी कहिले सडक बढार्दै देश दौडाहामा लाग्छन् । भूकम्प पछि धुर्मुस सुन्तलीमा देश प्रेमको भाव निकै बढेको देखिन्छ । यसै क्रममा धुर्मुसले देश छुट्याउने खेल नखेल्न सबैसँग आग्रह गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको राष्ट्रिय गीति एल्बम सजगमा समावेश भएको मेरो देश इन्द्रेणी बोलको गीतमा अभिनय गर्दै धुर्मुसले यस्तो आग्रह गरेका हुन् । टेलिभिजनको पर्दामा अनेक रुपमा देखिने सिताराम कट्टेल यो गीतको भिडियोमा भने सच्चा नेपाली भएर प्रस्तुत भएका छन् । गीतले नेपाललाई इन्द्रेणी रंगहरुसँग तुलना गर्दै मिलेर रहेका रंगहरु छुट्याउने खेल नखेल्न अपिल गरेको छ । गीतमा आफ्नो वास्तवीक भावना पनि जोडीएकाले म्युजीक भडियोमा आफैँले अभिनय गरेको कट्टेलको भनाई छ । गीतमा स्वरुपराज आचार्यको स्वर छ भने बसन्त सापकोटाको संगीत छ । गीतलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् । हेर्नुहोस् भिडियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१