पत्ता लाग्यो पृथ्वी भन्दा १० गुणा ठुलो नयाँ ग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७२, शनिबार ०७:३८

nasaaवैज्ञानिकहरु अन्तरिक्षमा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकाका अन्तरिक्ष सम्बन्धि अनुसन्धान गरिरहेका बैज्ञानिकहरुलो नयाँ ग्रह बारे तथ्यहरु फेला पाएका हुन् । वैज्ञानिकहरुका अनुसार पत्ता लागेको नयाँ ग्रह पृथ्वी भन्दा १० गुणा ठुलो छ ।
क्यालिफोर्निया इस्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले नयाँ ग्रहको खोजी गरेका थिए । संस्थाका अनुसन्धानकर्ताहरु कोस्टाटिन बाटिगिन र माइक ब्राउनले गणितीय अध्ययन र कम्प्युटर प्रविधिबाट नयाँ ग्रहको खोजी गरेका हुन् । सौर्यमण्डलमा यो नवौँ ग्रह अस्तित्वमा रहेको आफुलाई पूर्ण विश्वास रहेको शोध रिपोर्टका सह लेखक कोनस्टान्टिन बेटेगिनले बताएका छन् । तर, नयाँ ग्रहलाई प्रत्यक्ष रुपमा भने हेर्न सकिएको छैन । अहिलेलाई कप्युटरको सहायताले केही चित्रहरुको कोरिएका छन् । पत्ता लगाएको नयाँ ग्रहको नाम अहिलेलाई प्लानेट–९ राखिएको छ ।  प्लानेट नाइनले वरुणले भन्दा २० गुणा छिटो सूर्यको परिक्रमा गर्ने तर्था सौर्य मण्डलमा अर्बिटको दूरी दुई अर्ब ८० करोड माइलको तथ्य बैज्ञानिकहरुले सार्वजनिक गरेका छन् ।
त्यसक्रममा नयाँ ग्रहरले २.८ बियिलन दूरी पार गरिरहेको छ । वरुण भन्दा २० गुणा छिटो गतिमा सूर्यको परिक्रममा गर्ने भएपनि नयाँ ग्रहको अर्बिट ठूलो छ । त्यसैले नयाँ ग्रहरुलाई एक पटक सूर्यको पूर्ण परिक्रमा गर्न १० देखि २० हजार वर्ष सम्म लाग्ने वैज्ञानिकहरुले बताएका छन् ।

 
‘सौर्य मण्डमाल नवौं ग्रह छ भन्नेमा विश्वस्त छौं,’ अनुसन्धानकर्ता ब्राउले भने । उनी बारबारा रोजवर्गका एस्ट्रोनोमीका प्रध्यापक समेत हुन् । ‘मानवले अहिलेसम्म दुई वटा ग्रह भन्दा पत्ता लगाएका छन् । हामीहरुले पत्ता लगाएको नयाँ ग्रह तेस्रो हुनेछ । सौर्यमण्डलमा अझ धेरै खोज हुन बाँकी छन् । हामीले खोज गर्ने क्रममा केही चाखलाग्दा तथ्यहरु पत्ता लगाएका छौं ।’ पत्ता लागेको नयाँ ग्रह प्लानेट–९ केही तस्वीरहरु समेत सार्वजनिक गरिएको छ । तस्विरहरमार्फत बैज्ञानिकहरुले सौयमण्डलमा नयाँ ग्रह घुमिरहेको नक्सा समेत कोरको छन् । ग्रहले बरुण ग्रहभन्दा अर्बौ माइल टाढाबाट सूर्यलाई परिक्रमा गरिरहेको छ । निकै आश्चर्यजनक खोज रहेको र यसले आकाश गंगाको विषयमा आम बुझाइ अझ बढ्ने उनीहरुको दाबी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१