सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५‍.५ रेक्टर स्केलको भूकम्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७२, शनिबार ०७:०३
bhukampaसिन्धुपाल्चोक  । सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर शुक्रवार राति १० बजेर ५ मिनेट जाँदा ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। १० किलोमिटर गहिराए बनाएर भूकम्पको परकम्पन गएकाले ठूलो धक्का महसुस गरिएको अधिकारीले बताए।
वैशाख १२मा गएको विनाशकारी भूकम्पपछि अहिलेसमम्म ४ सय २८ पटक भन्दा ४ रेक्टर स्केलमाथिका परकम्प गएको अधिकारीले बताए। रातिको समयमा भूकम्पको परकम्पन अाएकाले काठमाडाैंका मानिसहरु घर बाहिर निस्किएका छन्।
उनका अनुसार भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोटसहित पश्चिम नेपालका कास्की, तनहुँ, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा महसुस गरिएको छ।

प्रतिक्रिया