काठमाडौँ । अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो उल्टो हिँडेर आरोहण गर्न सफल विश्व पर्वतारोही तथा धावक सञ्जय पण्डितलाई समाजसेवी शक्ति शमशेर जबराले रु २५ हजारसहित सम्मान गरेका छन् ।
यहाँ आज आयोजित कार्यक्रममा उनले पण्डितलाई नगद हस्तान्तरण गर्दै पण्डितले राष्ट्रलाई चिनाउन योगदान दिएको र आगामी ‘पर्वतीय मिसन’मा अझ सफलता मिल्ने विश्वास व्यक्त गरे ।
पण्डितले सर्वौच्च शिखर सगरमाथा, मनास्लुलगायत विश्वका चर्चित हिमालको सफल आरोहण गरेका छन् ।
प्रतिक्रिया