‘डिर्भोसको कुरा हल्ला मात्रै’– अरबाज खान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ माघ २०७२, शुक्रबार १०:२९
arooraएजेन्सी । पछिल्ला दिनहरुमा बलिउडमा हट जोडी निर्माता अरबाज खान र आइटम डान्सर मलाइका अरोरा खानको डिर्भोसका खबरले बलिउड बजार तताएको थियो ।
 
यहि समयमा मलाइकाले आफ्नो छोरालाई लिएर घर छाडेर अन्तै बस्न गएका खबर एक कान दुइकान मैदानझैं फैलियो ।
 
१७ वर्षदेखि बिवाह बन्धनमा रहेका याी जोडीको डिर्भोसको खबर झुटो भएको अरबाज खानले सोसल साइटमा बताएका छन् । उनले झुटो र भ्रामक समाचारबारे लेख्न र गफ गर्नलाई खरो जवाव दिंदै लेखेका छन्,–‘केही मानिसलाइ आफ्नो कामसंग मतलब हुनु जरुरी छ’ ।
 
बकवास लेख्ले र बोल्नेले आफ्नो दुखी जीवनको बढी ध्यान दिन जरुरी रहेको अरबाजले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१