भूटानका संसदमा सम्बोधन गर्ने क्रममा मोदीको जिब्रो चिप्लियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७१, बुधबार १२:३७

भुटान (एजेन्सी) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूटानका संसदमा सम्बोधन गर्ने क्रममा भुटान भनि सम्बोधन गर्नु पर्नेमा नेपाल भनेको विषय अहिले विभिन्न सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । मोदीले भूटानको संसदमा गरेको सम्बोधनको क्रममा भूटानी राजसंस्थाको तारिफ गर्दा नेपाली राजसंस्था भनि सम्बोधन गरेका थिए ।narendra-modi

 संबोधनका क्रममा मोदीले म नेपालको राजसंस्थालाई प्रजातान्त्रिक मुल्य मान्यताको सम्मान गरेकोमा प्रशंसा गर्न चाहन्छु भन्दै सम्बोधन गरेका थिए । गल्तिले नेपाल भनिए पनि तुरुन्त सच्याएर भुटान भनिहालेका मोदीको जिब्रो चिप्लिएको विषयले भारतको समाचार माध्यमहरुमा पनि प्रमुखता पाएको छ । मोदी फेरि सोहि सम्बोधानमा फेरि अर्को ठाउँमा भूटान भन्नुपर्दा लद्दाख भनेर सम्बोधन गरेका थिए ।विभिन्न सामाजिक सञ्जालमा मोदीको सम्बोधनको आलोचना गर्दै मोदीलाई भुगोलको जानकारी नभएको, मोदी भुटान कि नेपाल भन्नेमा नै द्वविधामा परेको, छिमेकीको नामनै भन्न नसकेर मोदीले भारतलाई लाजमार्दो बनाएको जस्ता टिप्पणी भएका छन् । मोदीले प्रधानमन्त्री भए पछि आफ्नो पहिलो विदेश भ्रमणका रुपमा भुटानलाई रोजेका हुन् । भुटान भ्रमणपछि जापानको भ्रमण गरेर आउँदा श्रावण महिना मोदीको नेपालको भ्रमणमा आउने कार्यक्रम छ ।

प्रतिक्रिया