एजेन्सी । प्रकृतिले मानिसमा अनेकौं भावनाहरु भरिदिएकोे हुन्छ । यस्तै एउटा अनौठो स्वभाव भएकी महिलाले आफ्नो भावना व्यक्त गरेकी छिन् । नर्वेकी बासिन्दा नानोले आफुभित्र एउटा बिरालोमा हुने भावना रहेको दाबी गरेकी छिन् ।
यही भावना अनुरुप उनको मानव शरीरमा बिरालोको जस्तो बानीब्यबहार र क्रियाकलाप भएको बताएकी छिन् ।
नानोका अनुसार उनको सुघंने क्षमता अरुको भन्दा बढी छ र अन्ध्यारोमा पनि धेरै देख्न सक्छिन् ।
उनको नजिकको साथी पनि स्वेन पनि बिरालो नै हो । बिरालोसंग म्याउ म्याउ गर्दै उनी गफ गर्छिन् । उनी आफैंलाई बिरालो जस्तै बनेर बस्न मनपर्छ ।
अहिलो नानो २० बर्षकी भएकी छिन् । तर उनमा अझै पनि १६ बर्षे भावना आएको अनुभव गर्छिन् । उनलाई जीवनभर नै बिरालोकै जस्तो भएर बाँच्न मन भएको बताउँछिन् ।
प्रतिक्रिया