आठ कक्षामा पढ्ने विद्यार्थीले बनाए विचित्रको यन्त्र मानव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७२, बिहीबार १०:५४
studentजनकपुरधाम । मनमा उब्जेको प्रश्नलाई गम्भीरतापूर्वक लियो भने त्यसको समाधान अवश्य निस्किन्छ भन्ने भावनालाई साकार रुप दिएका छन्– एक युवकले । बाल्यकालमा ब्याट्री कसरी विद्युत्मय हुन्छ भन्ने जिज्ञासाको खोज गर्दागर्दै विज्ञान प्रविधिमार्फत ८ कक्षामा नै चकित हुने उपकरण सार्वजनिक गरी यन्त्र मानव बनाउनेसम्मकोयात्रामा सफलता प्राप्त गर्नेमा युवक कृष्णकुमार मण्डल छन् ।
 
तालीको आवाजबाट बल्ब बाल्ने र निभाउने, टाढैबाट बल्ब नियन्त्रण गर्न सक्ने, तारमा नछुवाइकन तारमा विद्युत् प्रवाह छ वा छैन पत्ता लगाउने, प्रकाशबाट बल्ब नियन्त्रण गर्न सक्ने, पानी ट्याङ्कीको तह पत्ता लगाउने, चोरीजस्ता अपराध कार्यबाट बचाउने, आवाजबाट ढोका आफैँ खुल्ने र बन्द हुनेजस्ता उपकरण मण्डलले ८ कक्षामा पढ्दै सार्वजनिक गरी अहिले त्यसको कार्यविधिसहितको पुस्तक पनि प्रकाशन गरेका छन् ।
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१