छाना उडाउँदा तीन विद्यालयको पठनपाठन अवरुद्ध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७२, बुधबार १६:५८

विद्यालयका छानासम्राट सिंह/बझाङ ।
हावाहुरीले एकै गाविसका तीन विद्यालयका छाना उडाउँदा सोमबार देखि पठनपाठन अवरुद्व भएको छ । हावा हुरीले कडेल गाविस १ मा पर्ने शिव शक्ति प्राथमिक विद्यालय, कडेल गाविस ५ मा पर्ने श्री सन्तोरि निम्न माध्यामिक विद्यालय र कडेल गाविस ९ मा पर्ने श्री जनजागृती आदर्श सामुदायिक प्राथमिक विद्यालय को छाना उडाउदाँ पठन पाठन अवरुद्व भएको हो ।
हावाहुरीले विद्यालयका काठका टेबुल,बेन्च,सेतोपाटी पूर्ण रुपले क्षती भएका छन । विद्यालयको छाना उडाएपछि विद्यार्थी बस्ने ठाउँ नभएर मर्मत नहुन्जेल विद्यालय बन्द गरेको शक्ति प्राथमिक विद्यालयकी शिक्षिका तुलसी सिंह बताइन् । उनले भनिन तीन वटै विद्यालय गरेर झण्डै १८ लाख बराबर क्षती भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१