छालामा क्यान्सर भएको अनुमान कसरि गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७२, बुधबार १४:५२
छालामा क्यान्सर भएको अनुमानछालामा हुने विभिन्न परिवर्तनले छालामा क्यान्सर भएको अनुमान गर्न सकिन्छ । शरिरमा भएका दाग, कोठी लथा अन्य धब्बाहरूले पनि छालाको क्यान्सरलाई संकेत गर्दछ । छालाका क्यान्सरका केहि लक्षणहरू यस्ता छन् ।
 
कोठी : शरिरमा कोठी हुनु अस्वभाविक होइन । यसलाइ सुन्दरताको प्रतिक समेत मानिन्छ । तर, जब यस्को आकार बढ्न थाल्छ, रंग परिवर्तन हुन थाल्छ, या चिलाउने समस्या आउन थाल्छ तब क्यान्सरको संका गर्नु आवश्यक हुन्छ र तत्काल चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ ।
बर्थ माक्र्स : जन्मजात रहेका धब्बाहरुमा हुने परिवर्तनले पनि क्यान्सरको संकेत गर्छ । यस्तै, छालामा देखीने अन्य असामान्य परिवर्तनले पनि क्यान्सरको सम्भावनालाई जनाउँछ ।
 
 
दाग : छालामा आएको दाग करिब ४ हप्तासम्म पनि रहिरहे यसले पनि क्यान्सरको संकेत गर्छ । सबै धब्बाले क्यान्सर नै हुने भने होइन् । तर पनि चार हप्तासम्म पनि उक्त धब्बा रहने र उक्त धब्बा चिलाउने र रगत आउने गरे त्यसलाई क्यान्सरको लक्ष्यण मान्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१