दिवा खाजाका कारण विद्यार्थीको सङ्ख्या बढ्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७२, बुधबार १४:४४
दिवाजाजरकोट। ग्रामीण क्षेत्रका विद्यालयमा दिवा खाजाका कारण विद्यार्थीको सङ्ख्या बढेको पाइएको छ । अघिल्लो वर्षभन्दा झन्डै पाँच हजार नयाँ विद्यार्थी दिवा खाजा कार्यक्रम ल्याएपछि थपिएका छन् ।
 
 
जिल्लाको, रग्दा, खगेनकोट, डाँडागाउँ, लहँ, सक्ला, नायकवाडा, भगवती, रोकायगाउँ, रामीडाडाँ, ढिमे, पैक, टालेगाउँ, अछानी, पजारु, दह, मजकोट, कोताङ र गर्खाकोट गरी १८ गाविसमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएको छ ।
 
एक सय ६३ वटा प्राथमिक विद्यालय र २६ वटा बालविकास केन्द्रका २५ हजार बालबालिकाले पौष्टिक आहार ९दिवा खाजा० खाने गर्दछन् । गत वर्ष २२ हजार ५०० विद्यार्थीले दिवा खाजा खाने गरेकामा यो आवमा दुई हजार ५०० वृद्धि भई २५ हजार जनाले दिवा खाजा खाने गरेका छन् ।
 
दिवा खाजा कार्यक्रम लागू हुनुभन्दा पहिले पढ्दापढ्दै भोक लाग्यो भन्दै बीचमा कक्षा छोडेर घर जाने सङ्ख्या पनि धेरै थियो । अहिले पढाइ पनि राम्रो भएको र पेटभरि खाना पनि पाउँदा विद्यार्थी निकै खुसी भएका छन् । प्रतिविद्यार्थी ११० ग्रामका दरले दिवा खाजा वितरण हुँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१