मानवताका पाइला नामक अभियानले थाले भूकम्प पिडितलाई राहत संकलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७२, बुधबार १४:१२
Pratap Jiकाठमाडौँ । गत बैशाखमा गएको महा भूकम्पका कारण धेरैको जनजिवन कष्टकर बनेको छ । कतिपय पीडितहरुको चिसोका कारण ज्यान गैरहेको समाचार समेत सार्वजनिक भएका छन । सरकारसँग पीडितका नाममा विभिन्न योजना भएपनि कार्यान्वयन भने छैन ।
 
सरकारले देखाएको यो उदासिनताका अगाडी केहि संघ संस्था पीडित समक्ष पुग्दै आएका छन । यहि सूचीमा थपिएको छ ‘मानवताका पाईला’नामक संस्था ।
 
यो संस्थाले नुवाकोटका पीडितलाई केहि सहयोग गर्ने उद्देश्यले आईतबार राजधानीमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । नेपालमा ख्याती कमाएका कलाकारहरुलाई मञ्चमा उतारेर भव्य सांगीतिक कार्यक्रम गरेको यो संस्थाले नुवाकोटको छापमा रहेका भूकम्प पीडितलाई केहि खाद्यन्य र लत्ता कपडा सहयोग गर्ने जनाएको छ ।
 
 
चर्चित गायिका मिलन अमात्य र नेपाली तारा प्रताप लामाले भुकम्प पिडितहरुको सहयोगको लागि आफ्नो प्रस्तुती दिएका छन् । ‘मानवताका पाइला’ नामक अभियान अन्तरर्गत मिलन र प्रतापले आईतबार साँझ दरबारमार्ग स्थित नर्लिंग गज़ल आफ्ना चर्चित गीतहरु सुनाए । विशुद्घ रुपमा भुकम्प पिडितहरुको सहयोगको लागि ‘फन्ड रेज’ गर्न गरिएको सांगीतिक साँझमा विभिन्न क्षेत्रका प्रतिनिधिहरु, संगीत क्षेत्रका हस्तीहरु, र सर्वसाधारणको बाक्लो उपस्थ्तिी रहेको थियो ।
 
गत बैसाख १२ गतेको विनासकारी भूकम्पबाट अहिलेसम्म कष्टकर जिबन बिताउन बाध्य छाप गाउँ, नुवाकोटका सर्बसाधारणहरुको सहजताका लागि मानवताका पाइला नामक अभियानले सो कार्यक्रम गरेको हो । सडकको विकटताका कारण अफ्ट्यारो संग संघर्ष गरिरहेका छाप गाउँबासीको जिबनयापन केहि मात्रामा भएपनि सरल बनाउनका लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक नबिन कोइरालाले जानकारी गराए ।
 
भूकम्पपछि छापको विद्यालय समेत भत्किन लागेको र विद्यार्थीहरुले पठनपाठन गर्न सक्ने अवस्था नरहेकाले त्याँहाको विद्यालय निर्माणका लागि पनि संस्थाले अर्को चरणमा कार्यक्रम गरेर विद्यालय निर्माण गर्ने लक्ष्य राखेको संयोजक नबिन कोइरालाले जानकारी गराए । पहिलो चरणमा छापका स्कुले विद्यार्थीलाई संस्थाले स्टेस्नरीका सामान वितरण गर्ने भएको छ ।

प्रतिक्रिया