संसारका सबैभन्दा खतरनाक सात स्थानहरु (फोटोसहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७२, बुधबार ०७:४२

हामी सबै जना सुरक्षित स्थानमा बस्न रुचाउँछौं । कोहीपनि मानिस खतरनाक स्थानमा बस्न चाहाँदैनन् यो स्वभाविक हो । तर दुनियाँमा यस्तोपनि स्थान छ जसलाई संसारकै सबैभन्दा खतरनाक स्थानमा रुपमा लिइन्छ । प्रस्तुत छ दुनियाँको सबैभन्दा खतरनाक सात स्थानहरु :

१. खुनी पोखरी (जापान)

khuni pokhari pajan-750
यो जापानको सबैभन्दा प्रसिद्ध स्थानमध्ये एक हो । यो पोखरीमा छुनसमेत मनाही गरिएको छ । किनकी यस पोखरीको तामक्रम १९४ डिग्री सेल्सिएस रहेको छ । यो पोखरीको पानी पूरै रगत जस्तो रातो छ र यसपानीमा नुनको मात्रा अधिक रहेको छ। यसलाई हेर्दा यस्तो लाग्छ यो नरक जाने मार्ग हो ।

२. किपु ताल (कंगो)

kango-750
अफ्रिकी महादेशको कंगो र रुवान्डा बिचमा रहेको स्थान हो यो । यसको पानीमूनि मिथेन ग्याँस लुकेको छ । यदि यो विषयुक्त ग्याँस बादल बनेर अगाडि बाहिर आयो भने यो क्षेत्र आपपासका करीब २० लाख मानिसको ज्यान लिन सक्छ ।

३. माउण्ड मेरापी भोल्केनो (इन्डोनेसिया)

jwala mukhi-750
यो एक सक्रिय ज्वालामूखि हो । यो मध्य इन्डोनेसियामा पर्दछ । सन् १५४८ देखि निरन्तर सक्रिय भइरहेको छ । जब यो विस्फोट हुँदैन धेरै मात्रामा धुँवा फ्याँक्ने गर्दछ । यसको धुँवा २ माइलको उचाईसम्म देखिन्छ । यसको ४ माइलको दुरीमा २ लाख मानिसहरु बस्छन्। यदि यो ज्वालामूखि अचानक ठूलो रुप लियो भने जेपनि हुन सक्छ ।

४. राम्री दिप (बर्मा)

Ramree island 1-750
यो बर्मामा पर्दछ । यो दिप गिनिज बुक अफ वल्ड रेकडमा समेत रेकर्ड भएको छ । यो क्षेत्रमा खतरनाक जनावरको अधिक उपस्थिति छ । दोस्रो विश्वयुद्धको दौरान एक हजार जापानी शैनिकहरु ब्रिटिस सेनाबाट बच्न यो ठाउँमा गएका थिए । आश्चर्यको कुरा के छ भने यो ठाउँबाट मात्र २० जना मात्र सैनिकहरु बाँच्न सफल भए ।

५.मियाकेजीमा इजु आइसल्याण्ड (जापान)

3-750
जापानको यो यस्तो स्थान हो जहाँ भूकम्प र ज्वालामूखि गइरहन्छ । यसको कारण यहाँवरपरका वातावरण एकदमै दुषिद भएको छ । त्यस क्षेत्रमा जानका लागि मास्क लगाउँनुपर्छ ।

६. स्नेक आइल्याण्ड –(ब्राजिल)

4-750

यो स्थानमा अधिकमात्रामा सर्पहरु पाइन्छ । यस क्षेत्रलाई सर्पको घरपनि भनिन्छ । यस क्षेत्रमा सर्पका संख्या छ कि तपाई अनुमान नै लगाउन सक्नु हुन्छ । त्यहाँ ४ मिटर दुरीको अन्तरमा १० वटा सर्प भेटिन्छ । ति सर्पहरु दुनियाँका सबैभन्दा धेरै विषालु सर्पहरु हुन् । तिनीहरुले टोक्यो भने १० देखि १५ मिनेट भित्र मानिसको मृत्यु हुन्छ ।

७. सेबल आइल्याण्ड, जहाज निल्ने स्थान (क्यानाडा)

jahas-750
क्यानाडाको एक स्थान यस्तो स्थान छ जसलाई हेर्दा लाग्छ यो कुनै शिकारी हो र यसले शिकार गर्न खोजिरहेको छ । एकदमै गर्मी हुन्छ यहाँ । साथै तेजगतिमा तूफान चल्छ । जसका कारण कयौं जहाजहरु यस क्षेत्रको आकासहुँदै उड्दा दुघर्टनाग्रस्त भएका छन् । यहाँको बालुवा माटोसमेत समूद्रको पानी जस्तै रंगमा बदलिरहन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१