भुकम्प पिडितहरुको सहयोगको लागि जुटे मिलन र लामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ माघ २०७२, सोमबार २०:०२
साझा काठमाडौँ ।   गायिका मिलन अमात्य र नेपाली तारा प्रताप लामाले भुकम्प पिडितहरुको सहयोगको लागि आफ्नो प्रस्तुती दिएका छन् । ‘मानवताका पाइला’ नामक अभियान अन्तरर्गत मिलन र प्रतापले आईतबार साँझ दरबारमार्ग स्थित नर्लिंग गज़ल आफ्ना चर्चित गीतहरु सुनाए ।
भुकम्प पिडितहरुको सहयोगको लागि ‘फन्ड रेज’ गर्न गरिएको सांगीतिक साँझमा विभिन्न क्षेत्रका प्रतिनिधिहरु, संगीत क्षेत्रका हस्तीहरु, र सर्वसाधारणको बाक्लो उपस्थ्तिी रहेको थियो ।
गत बैसाख १२ गतेको विनासकारी भूकम्पबाट अहिलेसम्म कष्टकर जिबन बिताउन बाध्य छाप गाउँ, नुवाकोटका सर्बसाधारणहरुको सहजताका लागि मानवताका पाइला नामक अभियानले सो कार्यक्रम गरेको हो ।
सडकको विकटताका कारण अफ्ट्यारो संग संघर्ष गरिरहेका छाप गाउँबासीको जिबनयापन केहि मात्रामा भएपनि सरल बनाउनका लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक नबिन कोइरालाले बताउनुभयो  ।12642994_10206154582358726_1856281795350460826_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१