सगरमाथाको आधार शिविरमा रक्तदान गरी विश्वकिर्तिमान गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ माघ २०७२, सोमबार १८:५५

sagarmathकाठमाडौं। भोजपुरे सेवा समाज काठमाडौंले विश्वकै सर्वोच्च शिखर सगरमाथाको ६ हजार मिटर उचाईमा रहेको आधार शिविरमा पहिलोपटक रक्तदान कार्यक्रम आयोजना गरी विश्व किर्तिमान कायम गर्ने भएको छ। कार्यक्रममा सहभागी हुनेमध्य ६ हजार मिटर भन्दा माथि रक्तदान गर्नेमा दिपक राई, सुशीला राई, चन्द्रकुमार राई र संजीव उप्रेती रहेको आयोजकले जानकारी दिएका छन्।

विश्वको उच्चस्थानमा संकलित रगतको परीक्षण गर्ने, ६४ औं रक्तदान ६ हजार मिटरभन्दा माथि सम्पन्न गरेर विश्वमा सन्देश दिने र तापक्रम वृद्धिको असर हिमशिखरमा परेको सरोकारवालमा जानकारी गराउने उद्देश्य रहेको पनि समाजले जनाएको छ।

आगामी वर्षको जेठमा आयोजना हुने रक्तदान कार्यक्रमले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा लेखाउने भएको छ। रक्तदान कार्यक्रमको उद्देश्य नेपालको उच्च शिखरबाट विश्व समुदायमा रक्तदानबारे सन्देश प्रवाह गर्ने रहेको समाजले जनाएको छ।

प्रतिक्रिया