साइवर सुरक्षामा नेपाल शतप्रतिशत असुरक्षित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ माघ २०७२, सोमबार ०६:००

photoकाठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले कानुनको अभावमा अनलाइन पत्रकारितालाई नियमन गर्न नसकिएको प्रेस काउन्सिल नेपालमा  आज आयोजित सार्ईवर क्राइम र साइवर सुरक्षा विषयक अन्तरक्रियामा वताउनुभएको छ । “

अपराधलाई प्रहरीले नियन्त्रण गर्छ भने पत्रकारितालाई काउन्सिलले प्रोत्साहन र नियमन गर्छ । राम्रा कामका लागि सवै एकजुट हुनुपर्ने र आवश्यक कानुनको निर्माण गर्नुपर्ने हुन्छ ।

नेपाली संस्कारका लागि अपराध हुने कुरो पश्चिमा मुलुकमा जायज हुन पनि सक्छ त्यसैले देशको सामाजिक संस्कार अनुुसार कानुनको निर्माण गरिनुपर्छ र अनलाइन पत्रकारितालाई व्यवस्थित वनाईनुपर्दछ ।”

अध्यक्षले कार्कीले धारणा राख्नुभयो । आचारसंहिता उल्लङ्घन गर्नेलाई दण्ड दिने र प्रेस स्वतन्त्रताको लागि प्रोत्साहन गर्ने कार्यमा आवश्यक कानुन वनाई पीडितलाई न्याय दिलाउने वातावरण काउन्सिलले निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले संस्था विग्रनुको पछाडि संस्थाकै सदस्यको प्रमुख हात हुने भन्दै आत्मअनुशासनमा रही स्वनियन्त्रित हुन सके र क्राइमवारे सचेत भए अधिकाँश साइवरका घटनामा कमी आउने धारणा राख्नुभयो ।photo 2

साइवर सुरक्षामा नेपाल शतप्रतिशत असुरक्षित रहेकोले यसको वेलैमा रोकथाम र नियन्त्रण गर्न मिडियावाटै साइवर अवराधवारे सचेतना अभियान थाल्नुपर्ने उहाँको धारणा थियो ।

क्यानका पुर्व अध्यक्ष बिप्लपमान सिंहले साइवर अपराध बढ्दो रहेको, सवै असुरक्षित रहेको भन्दै राष्ट्रले चाहे फेसवुक,व्लग पेजहरु बन्द गर्न सक्ने धारणा राख्नुभयो ।photo 4 अनलाइनका माध्यमवाट साइट ह्याक गर्ने, चोरी, ठगी गर्ने प्रवृति वढेको वताउनुभयो । आईटीका अध्यक्ष राजनराज पन्तले प्रस्तुत गर्नुभएको साइवर अपराध र साइवर सुरक्षा सम्वन्धि कार्यपत्रमा छलफल चलेको थियो ।photo 3

चेतनाको कमीले नेपालमा असुरक्षा रहेको, पत्रकारिताको आवरणभित्र ठाउँठेगान नभएका अनलाइनहरु सञ्चालित रहेका, जिउँदो मानिसलाई मरेको लाश वनाएर प्रसारण गरिने गरेको वताउनुभयो । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुङ्गानाले अनलाइन पत्रकारितालाई प्रतिवन्ध होईन व्यवस्थित गर्नुपर्ने, विकृति रोकथाम र नियन्त्रण आवश्यक रहेको र काउन्सिललाई भरपूर सहयोग गरिने वताउनुभयो ।

प्रेस काउन्सिल नेपालका दीपक खनालले २७० वटा अनलाइन सूचिकृत भएका र सुचिकृत नभएका अनलाइनमा आचारसंहिता उल्लङ्घनका घटनाहरु अत्यधिक रहेको वताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१