प्राय: हेलमेट लगाउनेको गुनासो सुन्ने गरिन्छ– कपाल झरेर हैरान भयो । हेलमेट लगाउनेको कपाल धेरै झर्नु स्वाभाविक कुरा पनि हो । तर, थोरै केयर गर्न सके कपाल झर्नबाट जोगाउन सकिने सुझाब हेयर डिजाइनरलक्ष्मी ठाकुरले दिएका छन् :
- हेलमेटको भित्री भाग धुलोको घर हो । पसिना र धुलो टाँसिएर हेलमेट निकै फोहोर भएको हुन्छ । हेलमेटमा जम्मा भएको धुलो टाउकाको तालुमा गएर बस्छ । त्यसले कपालको जरा कमजोर बनाउँछ । अस्वस्थ कपाल राम्रोसँग बढ्न पनि सक्दैन । अनि कमजोर कपाल झर्न थाल्छ ।
- हेलमेटले कपाल त झार्छ । तर, दोष हेलमेटलाई दिएर नबस्नुहोस् । हेलमेट लगाउनेले टाउकोमा स्कार्फ लगाउनु जरुरी हुन्छ । लेडिज या जेन्स जसले पनि पहिला टाउकोमा स्कार्फ बाँधेर मात्रै हेलमेट लगाउनुहोला । स्कार्फले हेल्मेटको धुलोलाई तालुसम्म पुग्नबाट रोक्छ ।
- स्कार्फ लगाउँदा पनि विचार गर्नुहोला, चिसो कपालमा नबाँध्नुहोस् । भर्खर नुहाउनुभएको छ भने कपाललाई सुक्खा बनाएपछि मात्रै स्कार्फ लगाउनुहोला । जब हेलमेट र तालु प्रत्यक्ष जोडिन पाउँदैनन् तब कपाल झर्न रोकिन थाल्छ ।
प्रतिक्रिया