‘कमब्याक’पछि उनको ‘डिमान्ड’ पानीले नै भोक मेटाउँछिन् ऐश्वर्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ माघ २०७२, आईतवार ०६:५९

aishoraबलिउड अभिनेत्री ऐश्वर्या रायको ‘कमब्याक’पछि उनको ‘डिमान्ड’ पनि बढेको छ । त्यसैले होला ‘फिगर मेन्टेन’ गर्न उनी आजभोलि खानामा अत्यन्त सचेत हुन थालेकी छिन् । त्यसो त ऐश्वर्या राय पहिलेदेखि नै खानामा ‘चुजी’ थिइन् । अहिले पनि उनी त्यही बानीलाई निरन्तरता दिइरहेकी छिन् । उनी आफ्नो उमालिएको खानेकुरालाई प्राथमिकता दिन्छिन् । केही समयअघि उनले भनेकी थिइन्, ‘आइ टेक बोयल्ड भेजिटेबल्स अ लट ।’ उनी चिल्लो–पिरोयुक्त खाना खाँदिनन् । ऐश्वर्यालाई सेतो चामलको खाना पनि मन पर्दैन । त्यसैले उनी ‘डिनर’मा ब्राउन राइस लिन्छिन् । त्यससँगै उनी ‘ग्रिल्ड फिस’ पनि लिन्छिन् । ब्रेकफास्टका लािग ऐश्वर्या ‘टोस्ट प्रिफर’ गर्छिन् । त्यसमा पनि उनी ब्राउन ब्रेड नै लिन्छिन् । बिहानदेखि साँझसम्म उनले ८ गिलासभन्दा धेरै पानी पिउने गरेको बताएकी छिन् । उनले भनेकी थिइन्, ‘कहिलेकाहीँ त पानीले पनि भोक हटाउँछ, त्यसैले म पर्याप्त पानी पिउँछु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१