आयरल्याण्डमाथि नेपालको शानदार जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ माघ २०७२, शनिबार १४:५८

Nepal-5काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा नेपालले सन्दिप लामिछानेको हृयाट्रिकको मदतमा आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पारेको छ ।नेपाललाई बिजयी गराउने क्रममा ओनपर योगेन्द्रसिंह कार्कीले सर्वाधिक ६१ रनको योगदान दिए । नटआउट रहेका उनले ८१ बलको सामना गरेका थिए।टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले दिएको १३२ रनको चुनौती पछ्याएको नेपाली टिमले २५.३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
नेपालको पहिलो विकेट भने खाता नै नखोली गुमाएको थियो । सन्दिप सुनार पहिलो बलमै एलबीडब्लू धरापमा परे ।

लगातार दोस्रो जितसँगै नेपाल दोस्रो चरण नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा भारत न्यूजिल्याण्डलाई हराए नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१