भूकम्पपछि संघसंस्थाले सके १० अर्ब, पीडितको अवस्था उस्तै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ माघ २०७२, शनिबार ०७:५६
भूकम्पपछिभूकम्पपछि सिन्धुपाल्चोकमा गैरसरकारी संस्थाहरुले पीडितको नाममा कति रकम भित्र्याए होला अनुमान लगाउन सक्नुहुन्छ? दिनहुँ गाडीमा ओहोरदोहोर गरिरहेका हुन्छन्, संघसंस्थाका प्रतिनिधि। सबैको काम एउटै र उस्तै छ अनि व्यस्तता हेर्दा लाग्छ यो ९ महिनामा जिल्लामा भित्रिएको बजेट र कर्मचारीको संख्या अनि व्यस्तता हेर्दा भूकम्पले उजाड बस्ती पुनर्निर्माण हुन धेरै समय नै लाग्दैन।राजधानी दैनिककमा समाचार छ।
सुरुसुरुमा सबै जिल्लाबासीले यस्तो सोचेका थिए। तर भूकम्प गएको ९ महिना हुँदासम्म पनि जिल्लाका भूकम्पपीडितको अवस्थामा केही सुधार हुन सकेको छैन। उही जस्ताको टहरो, अझ कतै त पालमुनी नै बास।
विश्व खाद्य कार्यक्रले भूकम्पपीडितका नाममा आएको चामल नष्ट गरेको खबर सुनेका इर्खु र पीपलडाँडाका पीडित भन्दै थिए, बरु हामीलाई दिएको भए पनि हुने थियो, किन गाडेको होला?
भूकम्पपछिको यो ९ महिनाको अबधिमा विभिन्न गैरसरकारी संघसंस्थाले जिल्लाका १० अर्ब रुपैयाँ भन्दा बढी रकम सकिसकेका छन्। आकस्मिक उद्धार तथा राहतका लागि जिल्लामा धेरै संघसंस्था भित्रिएका १ सय संघसंस्थामध्ये ६५ संघसंस्था फर्किइसकेका छन् भने ३५ संघसंस्थाले काम गरिरहेका छन्।

प्रतिक्रिया