यी पाँच वेवसाइटबाट महिनाको ६० हजारसम्म कमाइ हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ माघ २०७२, शुक्रबार १७:१०
इन्टरनेटयदि तपाईको घर वा कोठमा इन्टरनेटको सुविधा छ भने यो अवसर तपाईका लागि सुनौलो अवसर हुनसक्छ । तपाईले यी इन्टरनेटमा रेजिस्ट्रेशन गरेर एक सय घन्टा काम गरे बराबर ६० हजार रुपैया कमाउन सकिने एक भारतीय अनलाईन पत्रिका भास्कर डट कमले बताएको छ । समाचारमा बताइए अनुसार यसका लागि शुरुमा कुनै लगानीको जरुरतसमेत पर्ने छैन ।
 
यसका लागि तपाईले सबैभन्दा पहिला एम टर्क, ओ डेस्क, स्क्रिप्टेड, फिवर जस्ता अग्रेजी वेबसाइटमा रजिस्ट्रेशन भर्नुपर्ने हुन्छ । त्यसपछि तपाईले अनलाईन जबका लागि काम गर्न सकिने उक्त पत्रिकाले जनाएको छ । साइन इन गर्नका लागि तपाईले इन्टरनेसनल डिजिटल वालेटमा आफ्नो रेजिस्ट्रेसन दर्ता गर्नुपर्ने हुन्छ । रेजिस्ट्रेसन गरिसकेपछि मात्र तपाईले साइन इन गर्न सक्नुहुन्छ । किनकी समाचारमा बताए अनुसार यसबाट पछि तपाईले आफ्नो भूक्तानी पाउँने समयमा कुनै ब्यवधान नआयोस् ।
 
१. अमेजन मेकैनिकल टर्क (www.mturk.com)
एम टर्क(अमेजन मेकैनिकल टर्क) मा एक मार्केट प्लेटफर्म छ । जहाँ फ्रिलाइन्सर बिजनेस जस्ता कामहरु सम्बन्धित छन् । यो मार्केट प्लेटफर्ममा तपाईले केही काम अनलाईनमै बसेर गर्नुपर्ने हुन्छ । यसमा विभिन्न अलग अलग कामहरु छन् । ती कामहरुको आधारमा तपाईले आफ्नो भूक्तानी हुनेछ । काम कस्तो भन्ने जिज्ञासा लाग्न सक्छ । त्यसमा उक्त पत्रिकाका अनुसार शपिङ बिलका विभिन्न आइटमलाई निकालेर एक्लेसमा लगेर जोड्नुपर्ने र सो जोडे बापत ३ मिनेट समय बराबार ५ रुपैयाँसम्म कमाई हुने बताएको छ । अमेजन मेकैनिकल टर्कमा काम गर्नकालागि मा गई गर्न सकिने छ ।
 
२. ओ डेस्क डटकम (www.scripted.com)
 
त्यस्तै अर्को साइट ओ डेस्क डटकममा पनि पैसा कमाउन सकिने बताएको छ । त्यसका लागि तपाईले मा गई फर्म भर्नुपर्ने हुन्छ । यसमा खासगरि वेवडिजाईनिङ, लोगो डिजाइनिङ, वर्डप्रेस वेवसाइट डिजाइनिङ जस्ता कामहरु गर्नुपर्ने हुन्छ । समाचारले बताएका अनुसार यसमा प्रतिघन्टा ३०० सयसम्म कमाउन सकिने जनाएको छ ।
 
३. स्क्रिप्टेड डटकम (www.scripted.com)
स्क्रिप्टेड डटकम फ्रिलाइन्सर लेखकहरुका लागि उपयोगी मानिएको छ । यसमा खासगरि अंग्रजी कन्टेन्टहरु पोस्ट गर्नुपर्ने हुन्छ । क्रियटिभ राइटिङ जान्नेहरुका लागि यो उपयोगी साइट रहेको बताइएको छ । यसमा ५ सय शब्दको एउटा कन्टेन्ट अनुसार २५ डलर अथवा १५ सय सम्म कमाइ हुने बताइएको छ ।
 
 
४.फिवर डटकम (www.fiverr.com)
 
फिवर डटकममा पनि यस्तै सुविधा रहेको समाचारमा बताइएको छ । यो एक प्रकारको युनिक
प्लेटफर्म हो । यसमा पनि लोगो डिजाइन, विभिन्न भाषामा रहेका आलेखहरुको अनुवाद जस्ता कामहरु पर्दछ । यसमा तपाईलाई हरेक कामको पाँच डलर मिल्नेछ ।
 
 
५. इलेन्स डटकम (www.elance.com)
 
इलेन्स डटकम एक पुरानो वेवसाइट हो । सन् १९९९ मा स्थापना भएको यस वेवसाइटमा २० भन्दा धेरै फ्रिलाइन्सरहरु जोडिएर काम गरिरहेको बताइएको । विश्वका १८० देशहरुबाट यो काम भइरहेको छ ।
 
तर बेरोजगारी समस्याका कारण चरम अभावमा गुज्रन विवस हामी नेपालीहरु यस्ता कामहरुमा गर्दा चौतफी सचेतता अपनाउनुपर्ने हुन्छ । सहरमा अनलाइन जब भन्दै हजारौं बेरोजगार युवाहरुबाट लाखौं उठाएका ठगी धन्दा गर्ने गिरोहहरु सक्रिय छन् । तिनीहरुले तपाईमा घरमै बसी बसी पैसा कमाइन्छ भन्दै ठग्न सक्छ । यसका लागि कुनै तेस्रो व्यक्तिलाई भन्नुभन्दा पहिला माथि दिइएका वेवसाइटहरुमा आफै गरेर हेर्नु भयो भने राम्रो हुन्छ । त्यस्तै अनलाईनहरुबाट पनि तपाईलाई विभिन्न लोभमा देखाएर बैंकको अकाउन्ट नम्बर माग्ने, यति पैसा दिए यति कमाई हुन्छ भन्ने जस्ता कुराहरु भन्न सक्छन् । तपाई विशेष चनाखो हुँदै यी कामहरु गर्नु पर्ने हुन्छ ।
 
एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१